बागफाँटा नाबालिग सामूहिक बलात्कार काण्ड : अझै पक्राउ परेनन् फरार आरोपि, मिलाउने चलखेल भए आन्दोलनमा उत्रिने अधिकारकर्मीको चेतावनी

महेन्द्रनगर । कञ्चनपुर प्रहरीले नाबालिग सामूहिक बलात्कार मुद्दाका आरोपीलाई दुई सातासम्म पक्राउ गर्न नसकेपछि प्रहरीको भूमिकामाथि आशंका गर्न थालिएको छ ।

भीमदत्त नगरपालिका १९ की ती १५ वर्षिया बालिकालाई बलात्कार आरोपमा २७ बर्षिय प्रेम प्रकाश जोशीलाई पक्राउ गरिएपछि अर्का विरेन्द्र पन्त अझैसम्म फरार भएका हुन् । जिल्ला प्रहरी कार्यालयमा पुस ११ गते जोशी र पन्त विरुद्ध जबरजस्ती करणी मुद्दामा जाहेरी दर्ता गरिएको थियो ।

प्रहरीले जाहेरी दर्तापछि जोशीलाई पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गरि रहेको छ । अर्का आरोपित पन्तको खोजीका लागि प्रहरी परिचालन गरिएको प्रहरी कार्यालयले दावी गर्दै आएको छ ।

आमा बुवा घर बाहिर भएको बेलामा साँझपख ती बालिकालाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जपभित्र लगेर सामूहिक बलात्कार गरिएको थियो । बालिकाको परिवारले उनलाई घरबाट काम छ भनेर बोलाएर लगिएको थियो ।

बालिकाको घर परिवारले फरार व्यक्तिलाई पक्राउ नगर्दा मानसित तनावमा परेको बताएको छ । सोमबार पत्रकारहरुसित कुराकानी गर्दैै उनको परिवारले फरार आरोपितलाई पक्राउ गरी बालिकालाई न्याय दिन पर्ने बताएका छन् ।

कमजोर आर्थिक अवस्थाका ती बालिकाका परिवारलाई अहिले दैनिक रुपमा आरोपित पक्षबाट पक्षबाट धाकधम्की र प्रलोभन आउने गरेको उनीहरु बताउँछन् । ‘मलाई गाँउको घटना मिल्नुपर्छ भन्दै विभिन्न व्यक्तिबाट दवाव, प्रभाव देखाई रहेका छन, ‘पीडित बालिका बाबुले भने, ‘मेरै छोरीमाथि अन्याय भएको छ, म कसरी मिल्नु ।’

अधिकारकर्मीहरुले जघन्य अपराधको घट्ना मिलाउने चलखेल भए आन्दोलन हुने चेतावनी दिएका छन् । अधिकारकर्मी माया नेगीले घटनाको निष्पक्ष छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि गरिन् ।

उनले घटनाका सत्य तथ्य गरेर दोषी उपर कार्बाहीको माग गरिन । अर्की अधिकारकर्मी शारदा चन्दले विगतमा प्रहरीले बलात्कार, हत्या जस्ता घटनामा चलखेल गरेकै कारण निर्मला घटना ब्यूत्याउन नहुने बताईन ।

उनले घटनामा संलग्न जो कोहीलाई पनि कार्बाही गर्नुपर्ने बताईन । कञ्चनपुर प्रहरीले घटनाको अनुसन्धान भईरहेको जनाएको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता प्रकास डाँगीले उक्त घटनामा फरारको खोजी कार्य भईरहेको बताए ।

घटनाको निष्पक्ष छानबिन हुने बताउँदै सेटिङ्ग मिलाउने बजारमा आएका हल्ला निराधार भएको बताए । फरार व्यक्तिको खोजी कार्य जारी रहेको बताँउँदै प्रवक्ता डाँगीले पीडित पक्षलाई घरमा आएर दवाव दिएको विषयमा प्रहरीमा जानकारी नआएको बताए । ‘घरमा आएर दबाव दिइएको उजुरी आए उनीहरुमाथि अनुसन्धान हुन्छ’ उनले भने ।

सम्बन्धित
Loading...