प्रशासनको सर्बदलीय बैठकमा पनि उठ्यो भीमदत्तको गैर कानुनी कार्यबारे प्रश्न

महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालयमा सोमबार बसेको सर्बदलीय बैठकमा भीमदत्त नगरपालिकाले निलम्बित कर्मचारी काममा लगाएको विषय सम्बन्धि प्रश्न उठेको छ । बैठकमा सहभागीहरुले नगरपालिकाले कानुनी शासन मिचेर निलम्बित कर्मचारी काममा लगाएकाले प्रमुख जिल्ला अधिकारीलाई कारवाही थाल्न आग्रह गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सम्पत्तिको संरक्षणका लागि छलफल गर्न सर्बदलीय बैठक राखेको थियो । बैठकमा नेकपा एमाले कञ्चनपुरका उप सचिव कर्ण बहादुर चन्दले भीमदत्तले निलम्बित कर्मचारी काममा लगाएर कानुनी उपहास गरेको भन्दै कारवाहीका लागि प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारीको ध्यानाकर्षण गराएका थिए । उनले भीमदत्तको नगर सभामा निलम्बित कर्मचारी काममा लगाएर विषय उठि सकेकाले प्रमुख जिल्ला अधिकारीले आवश्यक कानुनी प्रक्रिया अघि बढाउनु पर्ने बताए ।

‘भीमदत्तमा निलम्बनमा परेका कर्मचारी काममा लगाएको विषय आएको छ, म सिडिओ सापको यसप्रति ध्यानाकर्षण गराउनु चाहन्छु’ उनले भनेका थिए,‘सिडिओ साप सबै कर्मचारीको अभिावक भएकाले यसप्रति गम्भीर हुन आग्रह गर्छु ।’
बैठकमा प्रमुख जिल्ला अधिकारी अधिकारीले निलम्बित कर्मचारी काममा लगाएको विषय आफ्नो नोटिसमा आएको र यसलाई गम्भीर रुपमा लिएको जवाफ दिएको सहभागीहरुले बताए ।

भीमदत्त नगरपालिकाको १४ औ नगर सभामा पुस १७ गते दुई निलम्बित कर्मचारीलाई काममा लगाएको विषय उठेपछि नगर सभामा हल्लीखल्ली मच्चिएको थियो । मेयर पदम बोगटी र र प्रमुख प्रशासकी अधिकृत यामनारायण गौलीले निलम्बित कर्मचारी काममा लगाएको स्वीकार गर्दै माफी मागेका थिए । नगर सभामा नगर सभा सदस्यहरु रविन्द्र प्रसाद देवकोटा, पदम बहादुर चन्द लगायतले यो विषय उठाएका थिए । नगर सभाका सबै सदस्यले ताली बजाएर उनीहरुको धारणालाई समर्थन गरेका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महाकाली नदीको रोयल्टी हिनामिना मुद्दामा विशेष अदालतमा मुद्दा दायर गरेपछि केही महिना अघि निलम्बनमा परेका लेखा अधिकृत बिक्रम भण्डारी र अधिकृत(छैठौं) नरेन्द्र देब भट्टलाई काममा लगाएको भन्दै नगर सभामा विरोध भएको थियो । विशेष अदालतले भण्डारीलाई दुई लाख र भट्टलाई ५० हजार धरौटीमा तारेमा छाडेका छ ।

नगर सभामा प्रमुख प्रशासकीय अधिकृत गौलीले कर्मचारी अभावका कारण उनीहरु दुबैबाट सहयोग लिएको प्रष्टीकरण दिएका थिए । प्र्रमुख प्रशासकीय अधिकृत गौलीको मन्त्रालय सरुवा भएको छ । रमाना लिएर जाने बेला उनी विवादमा तानिएका छन् ।

प्रशासन कार्यालयमा बसेको सर्बदलीय बैठकमा काँग्रेसबाट उप सभाति मिन बहादुर सिह, सचिव भीम भट्ट, एमालेका चन्द, कार्यालय सचिव अर्जुन कार्की, माओवादी केन्द्रका लोकराज जोशी, नेकपा एकीकृत समाजवादीका हरक सिह धामी, राष्ट्रिय जनमोर्चाका लाल बहादुर कुँबर, राष्ट्रिय प्रजातन्त्र पार्टीका करन मल्ल, प्रहरी उपरीक्षक कमल थापा लगायतका सहभागी भएका छन् ।

बैठकमा भीमदत्तका निलम्बित कर्मचारी काममा लगाएको मदनचोकमा २२ सटर खाली गर्न नसकिएको, महेन्द्रनगर वसपार्क पछाडिको गल्लीमा अश्लिन गतिविधि हुने गरेको तथा सार्वजनिक जग्गा अतिक्रमण लगायतका विषय उठेका छन् ।

सम्बन्धित
Loading...