ghar sansar

कञ्चनपुरमा के हेर्दैछ डिभिजन वन कार्यालय, यसरी हुँदैछ खुलेआम काठ तस्करी

janjyoti campus

महेन्द्रनगर । कृष्णपुर नगरपालिका(२ बाणीस्थित गडबिजुला सामुदायिक वनमा काँचा सालका खडा रुख कटानी गरी तस्करी गरेको पाइएको छ । सामुदायिक वनमा तीन सालका रुख कटानी गरी तस्करी गरेको पाइएको हो।

सामुदायिक वनका अध्यक्ष धनीराम चौधरीले वन गस्तीमा जाने क्रममा तस्करले मेसिनको प्रयोग गरी सालका रुख कटानी गरी लगेकोे पाइएको बताए। रुख कटानी भएका क्षेत्रमा ट्रयाक्टर हिँडेको टायरका छाप स्पष्टसँग देखिएको उनले बताए ।

western public academy

दिउँसो मात्रै वनमा हेरालुको व्यवस्था रहेको जनाउँदै उनले राति वन गस्तीका लागि वन हेरालु राख्न नसक्दा रुख तस्करी हुन थालेको बताए।“पूर्व पश्चिम राजमार्गमा राखिएका सिसिटिभी क्यामेरामा गुलरियातर्फबाट दुई ट्रयाक्टर वनतर्फ आएको देखिन्छ, तीन घण्टापछि ट्रलीमा काठ छोपेर लगेको देखिन्छ”, उनले भने, “त्यसकै आधारमा अनुसन्धान अगाडि बढाइएको छ।”

सालका रुख कटानी भएको देखिएपछि सब डिभिजन वन कार्यालय बाणीमा खबर गरिएको उनले बताए । उनले सामुदायिक वनका पदाधिकारी र उपभोक्ता काठ तस्करीमा कोही पनि संलग्न भएको नदेखिएको बताए ।

dirhayu

अहिले वनक्षेत्रमा नियमित राति र दिउँसो वनका पदाधिकारी, सब डिभिजन कार्यालयका वनरक्षक, उपभोक्तालगायतले संयुक्तरुपमा गस्ती गरिरहेको उनले जानकारी दिए ।

सब डिभिजन वन कार्यालयका प्रमुख अमर धामीले सामुदायिक वनमा रुख कटानी गरी तस्करी भएको पाइएपछि वनका पदाधिकारीलाई चिठ्ठी लेख्ने कार्य गरिएको बताए ।

“सामुदायिक वनमा काठ कटानी गरिएको जानकारी पाउना साथ डिभिजन वन कार्यालयका प्रमुख सहितले राति नै गस्ती गरेका छौँ”, उनले भने, “वन रक्षकलाई नियमित गस्तीका लागि खटाइएको छ ।”

अनुसन्धानमा काठ कटानी गरी तस्करी गर्ने शङ्कास्पद व्यक्ति नजिक पुग्ने बलियो आधार तय भएको उनले बताए। “जोसुकै भए पनि छाड्दैनौँ”, उनले भने, “तस्कर छिट्टै पक्राउ पर्छन् ।”

सःमिलमा हेर्ने कार्य भइरहेको जनाउँदै उहाँले डिभिजन वन कार्यालय कैलालीसँग समन्वय गरी अनुसन्धान अगाडि बढाइएको जानकारी दिए ।

साभार : सुदूरपत्र

Himal dental
सम्बन्धित
Loading...