ghar sansar

भीमदत्त ६ का वडा अध्यक्ष खड्काको दाहसंस्कारमा सहभागी भइन् दोधारा चाँदनीका उप मेयर जोशी

Amity

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकाका उप मेयर गंगादेवी जोशी भीमदत्त नगरपालिका ६ का वडा अध्यक्ष महेन्द्र खड्काको दाहसंस्कारमा सहभागी भएकी छन् ।

दोधारा चाँदनीबाट विहान खड्को ऐठपुरस्थित घर आएका शव यात्रामा सहभागी भएर उनी महाकाली नदीमा दाहसंस्कारमा सहभागी भएकी हुन् । उनी मोटरसाइकल पछाडि बसेर महाकाली पुगेकी थिइन् ।

lotus institite

हिन्दू परम्परा अनुसार मलामी जान नपाउने संस्कार चिर्दै उनी दाहसंस्कारमा सहभागी भएकी छन् । उनी बाहेक अन्य महिला भने दाहसंस्कारमा सहभागी भएनन् ।

ऐठपुरस्थित खड्काको शव यात्रा सुरु भएपछि भीमदत्त नगरपालिका कार्यालय शव पुगाउँदा भने खड्का आफन्त र केही जनप्रतिनिधि शवयात्रासंगै आएका थिए । दोधारा चाँदनीका उप मेयर जोशी पनि उनीहरुसंगै आएकी थिइन् ।

भीमदत्त नगरपालिका कार्यालयबाट शव यात्रा महाकाली नदीका लागि प्रस्थान गरेपछि जोशी शव यात्रासंगै हिँडेकी हुन् । शव यात्राका सहभागीले उनी दोधारा चाँदनी फर्किन आएको अनुमान गरेका थिए ।

महाकाली नदीको भुजेला घाट पुगेर उनी दोधारा चाँदनी नगरपालिकाका निवर्तमान मेयर बीर बहादुर सुनारका छोरा मदन सुनार लगायतसित दाहसंस्कार स्थल पुगेकी थिइन् ।

काँग्रेसका नेतृ जोशी २०७९ को स्थानीय तह निर्वाचनबाट उप मेयरमा निर्वाचित भएकी हुन् । महिला स्वास्थ्य स्वयम् सेविका पृष्ठभूमिकी जोशी २०७४ को स्थानीय तह निर्वाचनमा पराजित भएकी थिइन् ।

गुल्मी पुख्र्यौलीकी जोशी दोधारा चाँदनी नगरपालिका १० का वासिन्दा हुन् । वडा अध्यक्ष खड्काको पार्थिव शरिरमा उनले विहानै पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जली अर्पण गरेकी थिइन् । 

दोधारा चाँदनी सहित भीमदत्त नगरपालिका, बेदकोट नगरपालिका, शुक्लाफाँटा नगरपालिका, कृष्णपुर नगरपालिका पुनर्वास नगरपालिकामा उप मेयर र बेलडाँडी गाउँपालिकामा उपाध्यक्ष काँग्रेसका छन् । उनीहरुमध्ये दोधारा चाँदनीका उप मेयर जोशी वडा अध्यक्ष खड्काको दाहसंस्कारमा सहभागी भएकी हुन् ।

बिहीबार विहान मृत भेटिएका खड्काको शवलाई शुक्रबार महाकाली प्रादेशिक अस्पतालबाट घर लगिएको थियो । खड्काका आफन्त, वडाका वासिन्दा सहित राजनीतिक दलका नेता, कार्यकर्ता, शिक्षक, कर्मचारी लगायतका विभिन्न क्षेत्रका व्यक्तित्वले श्रद्धाञ्जली अर्पण गरे ।

महाकाली नदीको भुजेलामा घाटठमा शनिबार वडा अध्यक्ष खड्काको हिन्दू परम्परा अनुसार महाकाली नदीमा अन्त्येष्टि गरिएको हो ।

महाकाली नदीको भुजेला घाटमा खड्कालाई उनका दुई छोराले दागबत्ती दिएका छन् । खड्काका ८७ वर्षिय बुवा समेत उनका दाहसंस्कारमा सहभागी भए ।

४७ वर्षिय खड्का २०७९ बैशाख ३० गतेको स्थानीय तह निर्वाचनबाट वडा अध्यक्ष निर्वाचित भएका हुन् । उनी भीमदत्त नगरपालिकाको नगर प्रवक्ता थिए ।

स्वर्गिय खड्काका आमा बुवा, श्रीमति र दुई छोरा छन् । काँग्रेसका क्षेत्रीय प्रतिनिधि खड्का यस अघि वडा सभापति थिए ।

महाकाली नदीमा दाहसंस्कार अघि खड्काको शवलाई शव यात्रा गरी भीमदत्त नगरपालिका कार्यालय पुगाइएको थियो ।
खड्काको शव यात्रामा राजनीतिक दलका नेता, जनप्रतिनिधि, स्थानीय, आफन्त सहित सयौ जना सहभागी भए ।

शव यात्रा अघि घरमा उनको पार्थिव शरिरमा सुदूरपश्चिम प्रदेश सभा सदस्य एबम् काँग्रेस कञ्चनपुरका पूर्व सभापति बहादुर सिह थापा लगायतले श्रद्धाञ्जली अर्पण गरे ।

काँग्रेसका युवा नेता खड्काले मिलनसार र व्यवहारिक नेताको छवि बनाएका थिए । स्थानीय तह निर्वाचनमा उनले एक हजार बढी मत ल्याएर निर्वाचित भएका थिए ।

Himal dental
सम्बन्धित
Loading...