ghar sansar

पुनर्वासको आइबीआरडीमा ढलको ढक्कन नै चोरियो, जनकल्याणका विद्यार्थीलाई धेरै खतरा

महेन्द्रनगर । पुनर्वास नगरपालिका ३ आईबिआरडीमा सडकमा ढल छोप्ने ढक्कन चोरी भएपछि आवागमन असुरक्षित भएको छ । आइबीआरडीस्थित जनकल्याण विद्यालय मार्गमा केही दिन अघि ढक्कन चोरी भएको थियो।

पुनर्वासका शिक्षक सुनिलो लोले आफ्नो फेसबुकमा खुला र घाँस राखेर छोपिएको ढक्कनका तस्बिर शेयर गर्दै विद्यार्थीहरु जोखिममा परेको उल्लेख गरेका छन् ।

स्कुल मार्गमा ढल छोप्ने ढक्कन चोरी भएपछि बाटो हिडने ससाना विद्यार्थीहरु र बटुवाहरु जोखिममा छ्न । सम्बन्धित निकायको ध्यानाकर्षण गर्न चाहन्छु ।

उनले भनेका छन्, ‘पुनर्वास ३ आईबिआरडी स्थित जनकल्याण स्कुल मार्गमा ढल छोप्ने ढक्कन चोरी भएपछि बाटो हिडने ससाना विद्यार्थीहरु र बटुवाहरु जोखिममा छन् । सम्बन्धित निकायको ध्यानाकर्षण गर्न चाहन्छु ।’

पुनर्वास नगरपालिका सहित सम्बन्धित निकायलाई उनले फेसबुकबाट ध्यानाकर्षण गराएका छन् ।

तस्बिर साभार :  सुनिल लो फेसबुक

Himal dental
सम्बन्धित
Loading...