अवैध रुख कटानीपछि गडबिजला सामुदायिक वनका अध्यक्ष पक्राउ

महेन्द्रनगर । डिभिजन वन कार्यालयले अवैध रुपमा रुख कटानी भएपछि कृष्णपुर नगरपालिका २ स्थित गडबिजला सामुदायिक वनका अध्यक्ष धनीराम चौधरी सहित दुई जनालाई नियन्त्रणमा लिएको छ । सामुदायिक वनका अध्यक्ष चौधरी र नारायण चौधरीलाई सालका काँचा रुख कटानी भएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।

डिभिजन वन कार्यालय कञ्चनपुरका निमिक्त डिभिजन प्रमुख कालीराम चौधरीले बताए रुख कटानी अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताए ।

janjyoti campus

‘सामुदायिक वनभित्र काँचा रुख कटानी भएको छ, हामीले अनुसन्धानका लागि हिजो (शनिबार) दुई जनालाई नियन्त्रणमा लिएका छौँ, अहिले रुख कटानीको विषयमा अनुसन्धान भइरहेको छ’ उनले भने।

वनभित्र काटिएका रुख वन डिभिजन कार्यालय कञ्चनपुरले बरामद गरेको छ । यस अघि बनबाट काठ तस्करी गरी बाहिर गएको विषयमा पनि अनुसन्धान चलि रहेको छ ।

सामुदायिक वनबाट गत साता तीनवटा सालका रुख काटिएका थिए। काटिएका काँचा रुख वनले नियन्त्रणमा लिएको उनले बताए ।

गडबिजला समुदायिक वनका अध्यक्ष धनीराम चौधरीले वनमा गस्ती जाने क्रममा तस्कर समुहले मेसिनले तीन सालका काँचा रुख काटेको बताएका थिए । सुरुमा वनमा काठ तस्करी भएको जानकारी दिने वनकै अध्यक्ष अहिले आफै पक्राउ परेका छन्। स्थानीयले भने घटनामा संलग्नलाई कानुनी कारबाहीको माग गरेका छन् ।

ghar sansar
सम्बन्धित
Loading...