ghar sansar

गृह जिल्ला आउजाउमा समेत लेखक साँउद प्रतिस्पर्धा : काठमाडौं फर्किए मन्त्री साउँद, आए पूर्व मन्त्री लेखक

khasi

महेन्द्रनगर । काँग्रेस केन्द्रीय सदस्य एबम् परराष्ट्र मन्त्री एनपी साउँद काठमाडौ फर्र्र्किएपछि अर्का केन्द्रीय सदस्य एबम् काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक गृह जिल्ला आएका छन् । गृह जिल्ला आएका कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का साँसद लेखक सोमबार विहान ब्रह्मदेब पुगेका छन् । उनले ब्रह्मदेबस्थित महाकाली कोरिडोरको जिरो पोइन्ट निरीक्षण गरेका छन् ।

कोरिडोर निर्माण निरीक्षणपछि उनी सिद्धनाथ मन्दिरमा गरिएको कार्यक्रममा सहभागी भएका छन् । साँसद लेखकसंगै सुदूरपश्चिम प्रदेश सभा सदस्यहरु प्रकाश रावल, मधुदेवी भारती, भीमदत्त नगरपालिकाका मेयर पदम बोगटी, उप मेयर निलम लेखक जोशी लगायत नेताहरु सहभागी भएका छन् ।

२०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनबाट उनी चौथो पटक साँसद भएका हुन् । २०७० को दोस्रो संविधान सभा सदस्य निर्वाचनमा संविधान सभा सदस्य भएर भौतिक पूर्वाधार तथा यातायात मन्त्री भएका उनले कोरिडोरको काम अघि बढाउन नसकेपछि चौतर्फी आलोचना भएको थियो । भौतिक पूर्वाधार मन्त्री हुँदा उनले सेती कोरिडोरको कार्यालय उद्घाटन गरेका थिए ।

गृह जिल्ला आएपछि उनले कोरिडोर अनुमगनबाट आफ्नो जिल्ला दौदाहा अघि बढाएका छन् । साँसद निर्वाचित भएपछि उनी पटक पटक गृह जिल्ला आएका छन् । यस अघि पनि लेखक र साउँदको गृह जिल्ला आउने जाने क्रम प्रतिस्पर्धाको रुपमा हेर्ने गरिएको थियो ।

यस पटक लेखक र साउँदबीच गृह जिल्ला आउजाउ प्रतिस्पर्धाका रुपमा देखिएको हो । साउँद गृह जिल्ला सहित सुदुरपश्चिका अन्य जिल्लाको पाँच दिने दौडाहा गरी फर्केपछि लेखक गृह जिल्ला आएका हुन् । कञ्चनपुरका दुई फरक निर्वाचन क्षेत्रबाट चुनाव लड्दै आएका उनीहरुले २०५१ को मध्यावधि निर्वाचनपछि काँग्रेस संस्थापनभित्र दुई गुट बनाएर राजनीति गर्दै आएका छन् ।

dirghayi clinic

अहिले मन्त्री साउँद कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य छन् । २०५१ को मध्यावधि निर्वाचनमा कञ्चनपुर ३ मा चुनाव हारेपछि साउँद आफ्नो गृह नगर छाडेर अन्यत्रबाट चुनाव लड्दै आएका हुन् । मध्यावधि निर्वाचनको कटुताले दुई नेता पार्टीभित्र एक अर्काका प्रतिस्पर्धी छन् ।

उनीहरु दुबै जना काँग्रेस सभापति शेर बहादुर देउवाका विश्वासिला हुन् । देउवाले उनीहरु दुबैलाई मिलाएर जिम्मेवारी दिएका छन् । २०७९ को निर्वाचनपछि देउवाले साउँदलाई मन्त्री र लेखकलाई मन्त्री सरहको प्रमुख सचेतको जिम्मेवारी दिएका छन् । कञ्चनपुरमा पार्टी र पार्टीका सबै संगठनमा लेखक र साउँदका दुई गुट छन् ।

काँग्रेसको १४ औं महाधिवेशमा कञ्चनपुरमा साउँद र लेखका दुई गुटबीच प्रतिस्पर्धा भएको थियो । दुई गुट बनाएर चुनाव लडेका लेखक र साउँदलाई सहयोग गर्न काँग्रेस संस्थापन इतरका नेता दुई समूहमा बाँडिएका छन् ।

भीमदत्त नगरपालिकाका मेयर उप मेयर दुबै साँसद लेखकको गुटमा छन् । बोगटी भीमदत्त नगरपालिका मेयर हुन् । १३ औैं अधिवेशनमा साउँद प्यानलबाट चुनाव लडेर पराजित भएका बोगटी १४ औंमा लेखकको समूहमा आएका सभापति निर्वाचित भएका थिए । बोगटीले भीमदत्तको मेयर जितेपछि भएको विजय यात्रामा लेखक र साउँद दुबै सहभागी भएका थिए ।

गृह जिल्लाबाट काठमाडौं फर्किएका मन्त्री साउँदले सुदूरपश्चिम भ्रमण उद्घाटन र कार्यकर्ता भेटघाटमा बिताएका छन् । गृह जिल्लामा आफ्नो निनर्वाचन क्षेत्रमा उनी उद्घाटनका कार्यक्रममा सहभागी भए । त्यसपछि पहाडी जिल्ला हिँडेका उनले उद्घाटन बाहेक कार्यकर्ता भेटघाटलाई पनि थपेका छन् ।

गृह जिल्लाका कार्यक्रममा सीमा सम्बन्धि समस्याबारे मौन बसेका साउँदले डडेल्धुरा पुगेर पत्रकार सम्मेलनमा सीमा समस्या हल हुन दुई देशीय कमिटीले काम गर्ने बताए ।

मन्त्री साउँदउको गृह जिल्लामा सीमा क्षेत्रमा सबैभन्दा बढी विवाद छ । ब्रह्मदेबदेखि डोके बजारसम्म भारतसित सीमा विवाद छ । बैशाखमा मन्त्री भएपछि पटक पटक गृह जिल्ला आए पनि सीमा क्षेत्र निरीक्षणमा गएका छैनन् । काँग्रेस संसदीय दलका नेता लेखक पनि अतिक्रमित सीमा क्षेत्र निरीक्षणमा गएका छैनन् ।

Himal dental
सम्बन्धित
Loading...