ghar sansar

समन्वय समितिको दर्पणमा एमाले साँसद बाइपास

little buddha academy
khasi

महेन्द्रनगर । जिल्ला समन्वय समिति कञ्चनपुरले मंगलबार विमोचन गराएको कञ्चन दर्पणमा काँग्रेसका दुई साँसदको मात्रै शुभ कामना मन्तव्य समावेश गरिएको छ ।

काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले मंगलबार जिल्ला समन्वय समितिको सभा कक्षमा कञ्चन दर्पणको विमोचनमा गरेका छन् । त्यसमा काँग्रेसका प्रतिनिधि सभा सदस्यद्वय रमेश लेखक र एनपी साउँदको शुभ कामना समावेश छ । दर्पणमा एमाले साँसद तारालामा तामाङ्गको शुभ कामना सन्देश राखिएको छैन । 

,orning glory badhai

२०७९ को आम निर्वाचनबाट लेखक कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३, साउद २ र तामाङ्ग निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित भएका हुन् । उनीहरुमध्ये काँग्रेस साँसद साउँदको पृष्ठ ५ र लेखकको पृष्ठ ६ मा शुभ कामना राखिएको छ । उनीहरु दुबै जना काँग्रेसका साँसद हुन् । साउँद परराष्ट्र मन्त्री छन् ।

जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहरा काँग्रेसका नेता हुन् । स्थानीय तह निर्वाचन भीमदत्त नगरपालिका ४ बाट वडा सदस्य निर्वाचित बोहरा २०७९ को स्थानीय तह निर्वाचनपछि साँसद लेखक नजिक छन् । त्यस अघि उनी काँग्रेस संस्थापन इतरका नेताका रुपमा चिनिन्थे ।

२०४९ मा स्थानीय तह निर्वाचनबाट तत्कालिन महेन्द्रनगर नगर पालिकाको वडा नं. ४ को अध्यक्ष भएका बोहरा काँग्रेसमा अनुभवी र कुटनीति जान्ने नेताका रुपमा परिचित छन् ।

dirghayi clinic

बोहरा दर्पणको संरक्षक छन् । बुलेटिनको सम्पादन मण्डलमा जिल्ला समन्वय समितिका सदस्य जय सिह विष्ट, बिमला कुमारी सार्की, जिल्ला समन्वय अधिकारी याम नारायाण गौली र शाखा अधिकृत कृष्णानन्द जोशी छन् ।

साँसद साउँद र लेखकको शुभकामनापछि बुलेटिनमा समन्वय प्रमुख बोहराको सन्देश छापिएको छ । त्यसपछि सम्पादकीय, कञ्चनपुुर जिल्लाको नक्सा र त्यसपछि विषय सूची राखिएको छ ।

विमोचन कार्यक्रममा एमाले साँसद तामाङ्गको शुभकामना मन्तव्य नभएको विषयमा सहभागीहरुबीच गाईगुई चलेको थियो । कार्यक्रम सकिएपछि काँग्रेसका नेताहरुले समेत साँसद तामाङ्गको शुभ कामना मन्तव्य नरिाखिनु राम्रो नभएको बताए ।

काँग्रेस संसदीय दलका प्रमुख सचेतक लेखकको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रममा राजनीतिक दलका तर्फबाट एमाले प्रतिनिधिलाई पनि आशन ग्रहणका लागि आमन्त्रण गरिएको थियो । कार्यक्रममा एमालेका प्रतिनिधि सहभागी थिएनन् । काँग्रेसका उप सभापति मीन बहादुर सिह मात्रै राजनीतिक दलका नेताका रुपमा सहभागी थिए ।

साँसद तामाङ्गको शुभ कामना मन्तव्य समावेश नभए पनि बुलेटिनमा संघीय साँसदको विवरणमा उनको तस्बिर छापिएको छ । एमाले कञ्चनपुरका पूर्व अध्यक्ष तामाङ्ग सत्ता गठबन्धनकी माओवादी केन्द्रका उम्मेदवार विना मगरलाई हराउँदै साँसद भएका हुन् ।

बुलेटिन ८३ पृष्ठको छ । त्यसमा कञ्चनपुर जिल्लाको संक्षित परिचय, जिल्ला समन्वय समितिको संक्षिप्त परिचय, स्थानीय तहहरुको संक्षिप्त परिचय, स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित जनप्रतिनिधिहरुको विवरण, कञ्चनपुर जिल्लामा प्रतिनिधि सभा एबम् प्रदेश सभामा प्रतिनिधित्व गर्ने साँसदरुको विवरण, प्रमुख पर्यटकीय स्थल, समन्य समितिबाट सम्पादित कार्य लगायतका जानकारी समावेश गरिएका छन् ।

कार्यक्रममा समन्वय समितिका प्रमुख दुर्गादत्त बोहराले पहिलो प्रकाशन भएकाले पुस्तकमा थुप्रै कमजोरी भएको उल्लेख गर्दै आगामी प्रकाशनमा ती सबैलाई सच्याइने बताए

Himal dental
सम्बन्धित
Loading...