Sarsoti

भृकुटीका पूर्व विद्यार्थी स्वर्गिय सुजित हमालको स्मृतिमा छात्रबृत्ति अक्षय कोष स्थापना

lotus institute

महेन्द्रनगर । भृकुटी माध्मिक विद्यालयका पूर्व विद्यार्थी स्वर्गिय सुजित हमालको स्मृतिमा छात्रबृत्ति अक्षय कोष स्थापना गरिएको छ । स्वर्गिय हमालका आमा बाल कुमारी हमालले मंगलबार उनको वार्षिक पूण्य तिथिको अवसरमा गरीब र जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति अक्षय कोष स्थापना गरेकी हुन् ।

विद्यालयमा हमालले अक्षय कोषका लागि विद्यालयलाई एक लाख ५० हजारको चेक हस्तान्तरण गरिन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र आग्री र प्रधानाध्यापक केशर सिंह महरालाई चेक हस्तान्तरण गरिएको थियो ।

morning glory
Mahendranagar

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आग्रीको अध्यक्षतामा गरिएको कार्यक्रमको सञ्चालन शिक्षक कृष्ण सिह साउँदले गरेका थिए ।

कार्यक्रममा विद्यालयका सह प्रधानाध्यापक चक्र महरा, मावि संयोजक इन्द्रदेब पाठक, प्रावि संयोजक इन्द्रनाथ योगी, बैजनाथ माविका शिक्षक नारा भट्ट लगायत शिक्षक कर्मचारी सहभागी भए ।

 

saark school
सम्बन्धित
Loading...