ghar sansar

दोधारा चाँदनी ४ का वडा अध्यक्ष सुनारको दुध बोनस कार्यक्रममा आकर्षण

भोजराज पन्त
महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका ४ का वडा अध्यक्ष भक्त बहादुर सुनारले सञ्चालन गरेको दुध बोनस कार्यक्रममा किसानहरुको अकर्षण बढेको छ । पशु पालक किसानहरुलाई प्रोत्साहनका लागि पाँच वर्ष अघि दुध बोनस कार्यक्रम सञ्चालन गरिएको थियो ।

संघीय शासन व्यवस्था अनुसार २०७४ को पहिलो स्थानीय तह निर्वाचनबाट वडा अध्यक्षमा निर्वाचित भएपछि सुनारले यो कार्यक्रम सञ्चालनमा ल्याएका हुन् । वडा अध्यक्ष सुनार अहिले दोस्रो कार्यकाल वडा अध्यक्ष छन् । उनी २०५४ को स्थानीय निकाय निर्वाचनमा पनि वडा अध्यक्ष निर्वाचित भएका थिए ।

lotus institite

वडा अध्यक्ष सुनारले वडाभित्रका किसानलाई प्रोत्साहनका लागि दुध बोनस कार्यक्रम सञ्चालन गरिएको बताए । ‘भैंसी पालेर दुध बेच्ने किसानका लागि दुध बोनस कार्यक्रम सञ्चालन गरिएको हो,यसबाट किसानलाई प्रोत्साहन र केही सहयोग पुग्छ भन्ने विश्वास लिएका छौ’ उनले भने,‘यो कार्यक्रमलाई हरेक वर्ष निरन्तरता दिँदै जान्छौ ।’

daimond public

वडा कार्यालयले आफ्नो वार्षिक कार्यक्रममा यसलाई समावेश गरी बजेट विनियोजन गर्दै आएको छ । दोधारा चाँदनी नगरपालिकाको सृजना बचत तथा ऋण सहकारी संस्थासितको सहकार्यमा गरिएको कार्यक्रमका लागि वार्षिक दुईदेखि तीन लाखसम्म खर्च हुने वडा अध्यक्ष सुनारले बताए ।

सृजना सहकारीले किसानको दुध किन्दै आएको छ । सृजना सहकारीको दुग्ध संकलन केन्द्र छ । सहकारीमा दुध बेच्ने किसानलाई बोनस दिने गरिएको हो । वडा कार्यालयका अनुसार तीन सय किसानले सहकारीमा दुध बिक्री गर्दै आएका छन् । बोसन कार्यक्रम सञ्चालन भएपछि वडामा पशु पालक किसानहरु बढेको वडा अध्यक्ष सुनारले बताए । ‘ सुरुमा भन्दा अहिले भैसी पाल्ने किसान बढेका छन्’ उनले भने ।

भैसी पाल्ने किसानहरुले अघिल्लो कार्यकालमा सुदूरपश्चिम प्रदेश सरकारबाट सहयोग पाएका थिए । प्रदेश सरकारका तत्कालिन भूमि, व्यवस्था तथा कृषि सहकारी राज्य मन्त्री मान बहादुर सुनारले दोधारा चाँदनीमा कार्यक्रम सञ्चालन गरेका थिए । दोधारा चाँदनीका वासिन्दा सुनार प्रदेश सभाको अन्तिमसम्म राज्यमन्त्री थिए ।

दोधारा चाँदनीको वडा अध्यक्ष सुनार माओवादी केन्द्रबाट निर्वाचित वडा अध्यक्ष हुन् । हालसम्मका दुई स्थानीय तह निर्वाचनमा ४ नम्बर वडाको अध्यक्षमा मात्रै सुनारले चुनाव जित्दै आएका छन् । २०७४ र २०७९ का दुबै चुनावमा चार वडा सदस्य भने अन्य दलले जितेका थिए ।

वडा अध्यक्षमा एक्लै चुनाव जित्दै आएका सुनारले राजनीतिक रुपमा फरक दलका भए पनि निर्वाचित भई सकेपछि सबै साझा भएको बताए । ‘सबै निर्वाचित सदस्य, राजनीतिक दल, जनता सबैबाट सहयोग पाएको छु’ उनले भने ।

Himal dental
सम्बन्धित
Loading...