ghar sansar

बैतडीको मेलौलीमा टिपर दुर्घटना, सह चालकको मृत्यु, चालक प्रहरी नियन्त्रणमा

Amity

महेन्द्रनगर । बैतडीको मेलौलीमा टिप्पर दुर्घटनामा सह चालकको मृत्यु भएको छ । टिप्परका सह चालक मेलौली नगरपालिका–१ का १९ वर्षीय रोहित दयालको दुर्घटनामा मृत्यु भएको हो । मेलौलीको लामालेकमा टिपर दुर्घटना भएको हो ।

बैतडी प्रहरीका अनुसार दुर्घटनामा परी टिप्परमुनि च्यापिएका उनको शव निकालिएको थियो । उनको शवलाई पोस्टमार्टमका लागि अस्पताल लैजाने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

lotus institite

दुर्घटनामा चालक मेलौली–१ का २४ वर्षीय गम्भीर टमटा सामान्य घाइते भएका छन् । चालक प्रहरीको नियन्त्रणमा छन । उकालोमा गति तीव्र भएर मोडमा दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।

बिहिवार बिहान मेलौलीबाट पाटनतर्फ आइरहेको सुदूरपश्चिम प्रदेश ०१००१ क २३९४ नम्बरको रित्तो टिप्पर मेलौलीको लामालेकमा दुर्घटना भएको थियो । लामालेक हतरंगा जाने सडकको जिरो प्वाइन्ट नजिक दुर्घटना भएको टिप्पर सडकबाट ५० मिटर तल खसेको बताइएको छ ।

Himal dental
सम्बन्धित
Loading...