ghar sansar

सशस्त्र प्रहरीले टर्च लाइटले टाउकोमा हिर्काउँदा बेदकोटका धामी गम्भीर घाइते, सशस्त्र प्रहरी विरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता गर्न आफन्त प्रहरी कार्यालयमा

महेन्द्रनगर । गड्डाचौकीस्थित भन्सार सुरक्षार्थ तैनाथ सशस्त्र प्रहरीले एक जनालाई मरणासन्न हुने गरी कुटपिट गरेका छन् ।

भारतीय सहर वनबासाबाट घरायशी समान ल्याउने क्रममा बेदकोट नगरपालिका १ हात्तीथलाका बसन्त बहादुर धामीलाई बिओपी गड्डाचौकीका सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार कर्ण बहादुर बोहराले ७ नम्बर पिलर नजिक कुटपिट गरेका हुन् । कुटपिटबाट धामीको टाउकोमा गम्भीर चोट लागेको छ ।

महाकाली प्रादेशिक अस्पताल भर्ना भएका धामीको टाउकोमा पाँच टाँका लागेका छन् । उनका आफन्त जाहेरी लिएर जिल्ला प्रहरी कार्यालय पुगेका छन् ।

बिहिबार साँझ साढे ६ बजे तिर सादा पोशाकका बोहराले धामीलाई गालीगलौज गर्दै टर्च लाइटले टाउकोमा प्रहार गरको उनका आफन्तले बताए । सशस्त्र प्रहरीले ज्यान मार्ने नियतले धामीमाथि आक्रमण गरेको धामीको परिवारले बताएका छन् ।

सशस्त्र प्रहरीको गड्डाचौकी बिओपीका इन्चार्ज सशस्त्र प्रहरी नायब उपरीक्षक सुदन आचार्यले समाज जाँच गर्ने क्रममा लछारपछार हुँदा चोट पटक लागेको हुन सक्ने बताए ।

‘समान ल्याउने क्रममा चेकजाँच गर्दा मान्नु भएन, त्यससपछि लछारपछार हुँदा चोट लागेको हो’ उनले भने ।

Himal dental
सम्बन्धित
Loading...