बेदकोटका धामीको टाउकोमा प्रहार गर्ने सशस्त्र प्रहरीका दुई हवल्दारलाई कारवाहीको माग, कारवाही नभए आन्दोलन गर्ने चेतावनी
महेन्द्रनगर । नेपाल स्वरोजगार व्यापार श्रमिक संघ क्यायरिङ्ग इकाई कमिटी कमिटी भीमदत्तले बेदकोट नगरपालिका बेदकोट नगरपालिका हात्तीथलाका बसन्त बहादुर धामीमाथि कुटपिटमा संलग्न सशस्त्र प्रहरीलाई कारवाही गर्न माग गरेको छ ।
संघका अध्यक्ष नन्दा पहरीले विज्ञप्ति सार्वजनिक गर्दै कुटपिटमा संलग्न सशस्त्र प्रहरीका दुई हवल्दारलाई कारवाही गर्न र पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरेकी छन् ।
विज्ञप्तिमा सशस्त्र प्रहरीका हवल्दार कर्ण बहादुर बोहरा र अर्का कार्की थरका हवल्दारले धामीलाई मरणासन्न हुने गरी कुटपिट गरिएको उल्लेख गर्दै कारवाही गर्न माग गरिएको छ ।
बिहीबार साँझ भारतीय सहर वनबासाबाट घरायशी समान ल्याउने क्रममा ७ नं. पिलरमा सशस्त्र प्रहरीले समान जाँचका क्रममा धामीमाथि कुटपिट भएको थियो । उनको टाउको पाँच टाँका लागेका छन् ।
सशस्त्र प्रहरीको बिओपी गड्डाचौकीका अनुसार हवल्दार बोहराको नेतृत्वमा पाँच जना सशस्त्र प्रहरी नाकामा परिचालन गरिएका थिए । घाइते धामी स्वरोजजार संघका साधारण सदस्य हुन् ।