ghar sansar

पुनर्वासमा जंगली हात्तीको आक्रमणबाट एक जना गम्भीर घाईते

Amity

धनबहादुर बिक 
पुनर्वास । कञ्चनपुरको पुनर्वास नगरपालिका १० की ४३ बर्षिय महिला जंगली हात्तीबाट आक्रमण मा परि घाईते भएकी छन् । पुनर्वास नगरपालिका १० भिमबस्ती का हरिदत्त जोशी कि श्रीमती ४३ बर्षिय लक्ष्मी जोशी गम्भीर घाईते भएकी हुन् । उनलाई उपचारका लागि भारतको रूद्रपुर लगिएको छ ।

शनिबार घाँस काट्न आफ्नै खेतबारी पुगेकी जोशीलाई जंगली हात्तीले आक्रमण गरी गम्भीर घाईते बनाएको कुण्डा सेक्टर बन कार्यालय पचकडियाका वन अधिकृत दिनेश कुमार यादवले जानकारी दिए ।

lotus institite

शनिबार ३ वटा जंगली हात्ती पुनर्वास १० पचकडिया र लालझाडी गाउँ पालिका १ नौरगा नजिक को लालझाडी बन क्षेत्रमा रहेको र एउटा हात्ती दोदा नदीतर्फ लागेको तथा नौरङ्गा र हुलाकी राजमार्गमा विकास बस्ती सिमरीका आशपास देखा परेकाले सो मार्गमा आवतजावत गर्ने सर्वसाधारणलाई यात्रा गर्दा सतर्कता अपनाउनु पर्ने यादवले अनुरोध गरेका छन् ।

यसैबीच सुदूरपश्चिम प्रदेश सार्वजनिक लेखा समितिका सभापति बिर बहादुर थापाले जोशीको घरमा पुगेर घाईतेको स्वास्थ्य लाभको कामना गरेका छन् । वन्यजन्तुबाट हुने क्षतिको बिषयमा समेत राहत सहयोग उपलब्ध गराउन पहल गर्ने थापाले प्रतिबद्धता व्यक्त गरे ।

Himal dental
सम्बन्धित
Loading...