ghar sansar

अख्तियारमा उजुरीको ओइरो

dirghayu ad

महेन्द्रनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा पाँच सय ४१ उजुरी दर्ता भएका छन् । चालु आर्थिक वर्षको साउनदेखि माघ पहिलो सातासम्म पाँच सय ४१ उजुरी दर्ता भएका छन् ।

आयोगको वेबसाइट, भाइबर, हुलाक सेवा, इमेल, टेलिफोन र लिखित रुपमा गरी अख्तियारमा उजुरी दर्ता हुनेक्रम बढेको छ । माघ महिना सुरु भएको ७ दिनमा मात्र १९ वटा उजुरी दर्ता भएका छन् ।

ratnam malkhad

पौष महिनामा ५१, मंसिरमा ९०, कात्तिकमा ४१, असोजमा ८२, भदौमा ८५ र साउन महिनामा सबैभन्दा बढी एक सय ७३ उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा दर्ता भएको पाइएको हो ।

सबैभन्दा बढी उजुरी स्थानीय तहसँग सम्वन्धित हुने गरेको कार्यालयले जनाएको छ । स्थानीय तहपछि प्रदेशसँग सम्वन्धित उजुरीको संख्या बढी देखिएको छ । साथै संघसँग सम्वन्धित उजुरी पनि बढ्दै गएको पाइएको छ ।

आयोगको कार्यालय कञ्चनपुरका अनुसार आर्थिक वर्ष २०७८÷७९ बाट जिम्मेवारी सरेका उजुरीको संख्या ६ सय ७७, आर्थिक वर्ष २०७९÷८० मा दर्ता भएका उजुरीको संख्या एक हजार दुई सय ७५, कुल उजुरी संख्या एक हजार ९ सय ५२
थियो ।

गत आर्थिक वर्षसम्म सुदूरपश्चिममा संघीय आयोजनासँग सम्वन्धित तीन सय ७३, प्रदेशसँग सम्वन्धित पाँच सय ६८ र स्थानीय तहसँग सम्वन्धित एक हजार चार सय ७२ उजुरी दर्ता भएको तथ्यांक छ । सुदूरपश्चिममा बर्सेनी उजुरीको संख्या बढ्दै गएको अख्तियारका अधिकारीहरु बताउँछन् ।

साभार : दिनेशखबर

Himal dental
सम्बन्धित
Loading...