
घरमै पढेर एमबीबीएस प्रवेश परीक्षा उत्तीर्ण जिमुवाका सार्कीलाई आउन थाल्यो सहयोग, पूर्व अध्यक्ष शाहीले गरे पाँच हजार सहयोग घोषणा
महेन्द्रनगर । भीमदत्त नगरपालिका १३ का पूर्व वडा अध्यक्ष लाल बहादुर शाहीले एमबीबीएस प्रवेश परीक्षाा उत्तीर्ण भीमदत्त नगरपालिका १० का ललित सार्कीलाई सहयोग गर्ने भएका छन् । शाहीले मंगलबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमा सार्कीलाई ५ हजार सहयोग गर्ने घोषणा गरेका हुन् ।
घर परिवारको कमजोर आर्थिक अवस्थाका कारण घरमा तयारी गरी सार्कीले छात्रबृत्तिमा अध्ययनका लागि एमबीबीएसको प्रवेश परीक्षा उत्तीर्ण गरेका छन् । पाटन स्वास्थ विज्ञान प्रतिष्ठानमा अध्ययनका लागि सिफारिश गरिएका सार्की आर्थिक अभावका कारण काठमाडौं जान सकेका छन् । आर्थिक अभावका कारण छात्रबृत्ति पाएर पनि एमबीबीएस अध्ययन गर्ने धोको पूरा हुन नसकेपछि उनी सहयोगको खोजीमा भौतारि रहेका छन् ।

भीमदत्त नगरपालिकाले स्थापना दिवसमा सार्कीलाई सम्मान गरेपछि उनी चर्चामा आएका हुन् । घरमै तयारी गरी एमबीबीएस प्रवेश परीक्षा पास गरी आर्थिक अभावले काठमाडौ जान नसकेका समाचार बाहिर आएपछि अहिले उनलाई सहयोग गर्न थालिएको हो । भीमदत्त नगरपालिका १३ का पूर्व वडा अध्यक्ष शाहीले फेसबुकबाट सहयोग घोषणा गरेका हुन् ।
यसैबीच दलित साझा विद्यार्थीले सार्कीलाई सहयोगको लागि सबैमा आग्रह गरेको छ । मञ्चका महासचिव लाल बहादुर बिकले मञ्चले सक्दो सहयोग गर्ने र अन्य सबैलाई सहयोगको आग्रह गरेका छन् ।
‘एमबीबीएस पुर्ण छात्रवृत्ति मा नाम निकाल्न सफल भीमदत्त नगरपालिका–१० जिमुवाका ललित सार्की हुन छात्रवृत्तिमा एमबीबीएस अध्ययनका लागि नाम निकाल्न सफल भएका छन् । चरम आर्थिक संकट झेलिरहेका उनको परिवारले होस्टेल लगायत स्टेसनरी खर्च व्यवस्थापन गर्न सक्ने अवस्था नभएकाले उनलाई डाक्टर बन्ने सपना अधुरै रहन्छ कि भन्ने चिन्ता छ । खर्चको अभावका कारण उनि अहिले विभिन्न निकाय तथा दाताहरुसँग सहयोग को अपिल गरिरहेका छन यस विषय लाई मध्ये नजर गरि गरिब दलित पछि परेका समुदाय को लागि दलित विद्यार्थी साझा मञ्च सधै अघि बढी विभिन्न कार्य गर्दै आयको संगठनका रुपमा चिनिन्छ त्यसैले हाम्रो संगठन को तर्फबाट भाइ ललित सार्की लाई जति सकिन्छ सम्पुर्ण साथी हरुलाइ सहयोग को लागि विद्यार्थी मञ्च अपिल गर्दै छ धन्यवाद’ सहयोगको लागि अपील जारी गर्दै बिकले भनेका छन् ।
