Sarsoti

भीमदत्त ६ का वडा अध्यक्ष खड्काको मृत्यु छानबिनका लागि समिति गठनको माग गर्दै नेवि संघले बुझायो कञ्चनपुर प्रशासनलाई मागपत्र

lotus institute

महेन्द्रनगर । नेपाल विद्यार्थी संघ कञ्चनपुरले समिति गठन गरी भीमदत्त नगरपालिका ६ का वडा अध्यक्ष महेन्द्र खड्काको मृत्यु सम्बन्धि घट्नाको छानबिन गर्न स्थानीय प्रशासनसित माग गरेको छ ।

नरेश पण्डित नेतृत्वको नेवि संघले बुधबार सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीलाई वडा अध्यक्ष खड्काको मृत्यु छानबिनका लागि समिति गठन लगायतका ६ बुँदे माग राखेर माग पत्र बुझाएको हो । भीमदत्त नगरपालिकाका प्रवक्ता समेत रहेका खड्का गत पुस २६ गते विहान ऐंठपुरस्थित महाकाली सिँचाई नहरको बाटोमा मृत भेटिएका थिए ।

morning glory

संघले खड्को मृत्यु सम्बन्धि घट्नाको प्रकृति शंकास्पद देखिएकाले सत्यतथ्य छानबिनका लागि समिति गठनको माग गरेको हो । संघका अध्यक्ष पण्डितको नेतृत्व केन्द्रीय सदस्य सहित नेताले प्रशासन कार्यालय पुगेर मागपत्र बुझाएका हुन् ।

Mahendranagar

संघले वडा अध्यक्ष खड्काको घट्नाले कञ्चनपुर प्रहरी र ट्राफिक प्रहरीको सुरक्षा रणनीतिमाथि प्रश्न उब्जिएको मागपत्रमा उल्लेख गरेको छ ।

वडा अध्यक्ष खड्काको मृत्यु छानबिनका लागि समिति गठन सहित मागपत्रमा राति प्रहरी गस्ती चुस्तदुरुस्त बनाउनु पर्ने, सरोकारवालासित छलफल गरी सुरक्षा रणनीतिमा सुधार गरिनु पर्ने, राति ८ बजेपछि मदिरा पसल बन्द हुनु पर्ने र खडका मृतक भेटिएको राति प्रहरीको गस्ती आएको जानकारीको वास्तविकता सार्वजनिक गर्न लगायतका माग राखिएका छन् ।

नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य इन्द्र साउद, लोचन कार्की, शेषशैया बिष्ट लगायतका नेता कार्यकर्ताको उपस्थितिमा माग पत्र बुझाइएको छ ।

saark school
सम्बन्धित
Loading...