ghar sansar

भीमदत्तले बहुमत सदस्यको निर्णय अटेर गरी आफूलाई अपमानित गरेको भन्दै ज्येष्ठ वडा सदस्य विक राजीनामा दिने मनस्थितिमा

little buddha academy
khasi

महेन्द्रनगर । आफूलाई कार्य वाहक बनाउने बहुमत सदस्यको निर्णय अटेर गरी भीमदत्त नगरपालिकाले एकलौटी रुपमा कार्य वाहक वडा अध्यक्ष बनाएको भन्दै ज्येष्ठ वडा सदस्य शारदा बिकले राजीनामा दिने मनस्थिति बनाएकी छन् ।

भीमदत्त नगरपालिका ६ नम्बरको वडा समितिले बहुमतका आधारमा ज्येष्ठ वडा सदस्य बिकलाई कार्य वाहक वडा अध्यक्ष बनाउने निर्णय गरेका थिए । उनलाई कार्यवाहक दिन वडा सदस्य देबकी जोशीले विमति राखेकी थिइन् ।

,orning glory badhai
dirghayi clinic

विकलाई दुई सदस्यले साथ दिएर कार्य वाहक दिने निर्णय भएपछि वडा कार्यालयबाट बाहिरिकी वडा सदस्य जोशीलाई भीमदत्तका मेयर पदम बोगटीले बुधबार विहान कार्य वाहकको जिम्मेवारी दिएका हुन् । उनी विकलाई कार्य वाहक दिएपछि आफू वडा कार्यालय नआउने भन्दै बाहिरिएकी थिइन् ।

दुई सदस्यले साथ दिएर पनि आफूलाई अपमानित हुने गरी मेयर बोगटीले एकलौटी रुपमा जोशीलाई कार्य वाहक बनाएपछि उनी असन्तुष्ट भएकी छन् । उनले आफ्ना समर्थकलाई अपमानको सहन नसकेर राजीनामा दिने मनस्थिति बनाएको बताएकी छन् ।

२०७९ को स्थानीय तह निर्वाचनमा उनी दलित महिलाबाट वडा सदस्य निर्वाचित भएकी हुन् । वडा समितिको बैठकमा विकलाई कार्य बनाउन वडा सदस्यद्वय लाली चन्द र दिपेन्द्र जोशीले समर्थन गरेका थिए ।

भीमदत्त नगरपालिकाले उप मेयर निलम लेखक जोशी सहित केही वडा अध्यक्षहरुसित छलफल गरी जोशीलाई कार्य वाहक दिइएको हो । उनलाई कार्य वाहक बनाउन उप मेयर जोशी लागेकी हुन् ।

Himal dental
सम्बन्धित
Loading...