ghar sansar

गड्डाचौकी नाकाबाट भित्रिन थाल्यो कोरोना, फितलो जाँचले महामारी फैलिने त्रास

dirghayu ad

डिल्लीराज पन्त
महेन्द्रनगर । पछिल्लो समय भारतका विभिन्न सहरबाट घर फर्किएका नेपालीमा केही दिन यता कोरोना भाईरसको नयाँ भेरियन्ट पुष्टि भईरहेको भए पनि देशकै ठुलो नाकामा रहेको गड्डाचौकीमा भने चेक जाँच फितलो देखिएको छ ।

स्वास्थ्य मन्त्रालयले देशका सबै नाकाका सुरक्षा र चेक जाँचमा कडाई गर्न परिपत्र गरे पनि गड्डाचौकी नाकामा भने प्रशासनले चासो नदेखाएकाले संक्रमण भयावह रुपमा फैलने सक्ने सन्त्रास स्थानियमा छाएको हो ।

ratnam malkhad

२ वर्ष पहिलेकै अवस्था आउन नदिन लामो समय पछि भारत वाट फर्किएका नेपाली तथा भारतियहरुलाई हेल्थ क्याम्प लगाई निरन्तर चेक जाँच गर्नुपर्ने भए पनि सुरक्षा निकाय, प्रशासन तथा सरोकारवाला निकायले बेवास्ता गर्ने गरेका छन ।

सयौंको संख्यामा भारतबाट नेपाल भित्रिरहेका मानिसहरुलाई सिमा क्षेत्रमा यातायात व्यवसायीहरुले दश गजा क्षेत्रवाटै महेन्द्रनगर लग्ने गरेकाले पनी चेक जाँछ प्रभावकारी हुन नसकेको र यसलाई व्यवस्थित गर्न पटक पटक सुरक्षा निकाय तथा प्रशासनलाई मौखिक जानकारी गराउदा समेत वेवास्ता गरेको गड्चौकीमा रहेको हेल्थ डेस्कका ईन्चार्ज हेल्थ असिस्टेन्ट भण्डारीले बताए ।

भारतबाट धेरै मान्छेहरु लाई कोभिड मात्रै नभई अन्य स्वस्थ्य समस्या समेत हुन सक्ने र ती सबै चेक जाँच हेल्थ डेस्कमा निःशुल्क हँुदै आए पनि गड्डाचोकी नाकामा जनचेतना र परामर्श केन्द्रको आवस्यकता रहेको देखिन्छ । विगत १५ दिनको अवधिमा मात्रै ६ जनामा केभिडको नयाँ भेरियन्ट जेएन पुष्टि भई हेल्थ डेस्क गड्डाचोकीको तथ्यांक ले देखाएको छ ।

कोभिडले महामारीको रुप लिनु भन्दा पहिले नै प्रशासन तथा जनश्वास्थ्य कार्यालयले सजग हुन र चेक जाच लाई कडाईका साथ कार्यान्वयन गर्न स्थानियको माग रहेको छ । कोरोना भाईरसको संक्रमण भएकाहरुलाई सुरुवाति चरणमै खासै समस्या नभएपनी केहि समय पछि लक्षण देखिने भएकाले भारत वाट आएकाहरुले अनिवार्य पिसिआर चेक गर्न समेत स्थानियले सुझाव दिएका छन ।

गड्डाचोकी नाकामा रहेको एक मात्र हेल्थ डेस्कमा समेत भारत वाट आउने सयौं मानिसहरु स्वास्थ्य परिक्षण गर्न दिक्क मान्ने , र कोरोना सकिएको हो भन्ने मनसायले समेत चेक जाँच प्रवाकारी हुन सकेको छैन ।

कोरोना लाई महामारीका रुपमा फैलिन नदिन सरकारी निकाय तथा गैरसरकारी संघ सस्थाहरुले एकजुट भए मात्रै कोरोना नियन्त्रण गर्न सकिने भएकाले नाकाहरुमा का साथै गाउँ घर तिर समेत जनचेतना मुखी कार्यक्रम सञ्चालन गर्नु पर्ने नागरिक अगुवा नर बहादुर साउँदले बताए ।

पछिल्ला केही दिन यता कोभिडको नयाँ भेरियन्ट पुष्टि भईरहेको भए पनी देशकै ठुलो नाकाको रुपमा रहेको गड्डाचौकीमा भने चेक जाँच फितलो देखिएको छ ।

विगतका वर्षहरुमा पनि समयमे सरकारले उचित सावधानी नअपनाउदा जन धनको ठुलो क्षति बेहर्नु परेको थियो त्यसैले पनी स्थानिय प्रशासन लगायत सरोकारवाला निकायले यस तर्फ अविलम्व ध्यान सरोकारवाला बताउँछन् ।

       

Himal dental
सम्बन्धित
Loading...