ghar sansar

प्रहरीमाथि नै अभद्र व्यवहार गरेको भन्दै सात भारतीय सहित नौँ जना पक्राउ

महेन्द्रनगर । भीमदत्त नगरपालिका–१० बनगाउँस्थित ललित चन्दले संचालन गरेको एसी लज एण्ड बारबाट महिला सहित ९ जना पक्राउ परेका छन् ।

बिहीबार उनीहरुले सार्वजनिक स्थानमा होहल्ला गर्नुका साथै प्रहरीमाथि समेत अभद्र व्यवहार गरेका थिए । पक्राउ पर्नेमा भारत बनवासाका एनिस सिंह, अनिल चन्द, जय चन्द, सनेन्द्र भट्ट छन् ।

यस्तै पक्राउ पर्नेमा सोहि ठाउँकै अनिल प्रसाद, रबि भट्ट, बिनोद कुमार, भीमदत्त नगरपालिका–६ का किसन चन्द र बाँके नेपालगन्जका माया खनाल रहेका छन् ।

सबै जनालाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक पक्राश डाँगीले बताए ।

Himal dental
सम्बन्धित
Loading...