ghar sansar

कृष्णपुरमा पशु सेवाका कर्मचरी हाकिम भएपछि कार्यपालिका सदस्यबीच चर्कियो विवाद, वडा अध्यक्ष साउँदले हाकिमलाई हुन्छ बहादुर भन्ने भैसी डाक्टर भनेपछि पत्रकार सम्मेलन

प्रवक्ता बस्नेत नरम, वडा अध्यक्ष पाण्डेय आक्रामक

little buddha academy
khasi

महेन्द्रनगर । कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझाले पशु शाखाका अधिकृत मान बहादुर केसीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाएपछि कार्यपालिका सदस्यहरुबीच विवाद चर्किएको छ ।

कृष्णपुर नगरपालिका २ का वडा अध्यक्ष अर्जुन साउँदले मेयर ओझाले कार्यकर्ता भर्तीका लागि पशु शाखाका केसीलाई हाकिम बनाएको गम्भीर आरोप लगाएपछि नगर प्रवक्ता मोहन बहादुर वस्नेतले शुक्रबार पत्रकार सम्मेलन गरी बचाउ गरेका छन् ।

,orning glory badhai

नगरपालिका कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा नगर प्रवक्ता वस्नेतलाई कृष्णपुर ५ का वडा अध्यक्ष टेक पाण्डेय पनि मेयर ओझालाई साथ दिँदै साउँद विरुद्ध विरुद्ध उभिएका छन् । वस्नेत र पाण्डेय दुबै काँग्रेस निर्वाचित अध्यक्ष हुन् । साउँद माओवादी केन्द्रबाट निर्वाचित वडा अध्यक्ष हुन् ।

पत्रकार सम्मेलनमा प्रवक्ता वस्नतेले कर्मचारी वरियताका अधारमा दुई महिनाका लागि केसीलाई निमित्त दिएको जानकारी दिँदै लेखा अधिकृत ओझालाई आर्थिक क्षेत्रको अधिकार दिएपछि दोहोरो हुने भार पर्ने परी समस्या हुने बताए । कृष्णपुरमा पुश सेवाका केसी र लेखा अधिकृत ओझा सातौ तहका छन् । ओझा जिल्ला बाहिर भएका बेला केसीलाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको छ ।

dirghayi clinic

कृष्णपुर नगरपालिकाले केही दिन अघि हेल्थ असिस्टेन्ट पदका उम्मेदवारको संक्षिप्त सूची प्रकाशन गरेपछि वडा अध्यक्ष साउँदले सामाजिक सञ्जाल फेसबुकमा मेयर ओझाmले आफन्त र कार्यकर्तालाई भर्ती गर्न खोजेको आरोप लगाएका थिए ।

वडा अध्यक्ष साउँदको आरोपलाई लिएर मेयर ओझाले प्रशासनिक अनुभव नभएका हुन्छ बहादुर भन्ने भैसी डाक्टरलाई हाकिम बनाएको समाचार विभिन्न अनलाइनलले प्रकाशित भएका थिए ।

‘नगर प्रमुखको ठाडो आदेशमा प्रशासन सम्बन्धि सामान्य ज्ञान समेत नभएको हुन्छ बहादुर भन्ने भैंसी डाक्टरलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाएर, स्वास्थ्य शाखा प्रमुखलाई साधन बनाई कानुनको थोरै पनि डर नमानी विधि प्रक्रिया मिचेर आवश्यक योग्यता पुगेका स्थानीय युवाहरुलाई साइड लगाएर आर्थिक प्रलोभनमा आफन्त र आसेपासेहरुलाई सिधैं नियुक्ति दिन खोज्ने कार्य निन्दनीय छ’ वडा अध्यक्ष साउँदले फेसबुकमा भनेका छन् ।

नगरपालिका कार्यालयले माघ ८ गते हेल्थ असिस्टेन्ट पदको संक्षिप्त सूची सार्वजनिक गरेको थियो । पत्रकार सम्मेलनमा वडा पाण्डेय साउँद विरुद्ध आक्रामक रुपमा प्रस्तुत भए । उनले कुनै पनि पेशा व्यवसाय, विशेषज्ञता एवं विज्ञतालाई मानमदर्न गर्ने अधिकार कसैलाई नरहेको साउँदको नाम नलिई आपत्ति जनाए ।

‘कसैको दयामाया र आफ्नो पराई भनेर निमित्त प्रमुख बनाएका होइनौं’ अध्यक्ष पाण्डेयले भने, ‘क्षमता र कार्यसम्पादनका आधारमा केसी सरलाई निमित्त प्रमुख बनाइएको हो ।’

Himal dental
सम्बन्धित
Loading...