ghar sansar

मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताका खेल सुरु, प्रहरी र लुम्बिनी पहिलो खेल खेल्दै

महेन्द्रनगर । खुला मञ्चमा तेस्रो मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता अन्र्तगत खेल सुरु भएको छ । लिग चरणको पहिलो खेल नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेशबीच सुरु भएको छ ।

दिउँसो १ बजे प्रतियोगिता उद्घाटन हुनेछ । परराष्ट्र मन्त्री एनपी साउँदले प्रतियोगिता उद्घाटन गर्ने छन् । उद्घाटन समारोहमा मन्त्री सहित जनप्रतिनिधि, राजनीतिक दल, सरकारी तथा गैर सरकारी संस्था, खेलाडी सहभागी हुने कञ्चनपुर जिल्ला भलिबल संघका अध्यक्ष श्याम सिह मौनीले बताए ।

mantra hos123

उद्घाटन समारोहमा सुदूरपश्चिमको सँस्कृति झल्किने विभिन्न झाँक सहित नृत्य प्रस्तुत गर्ने कार्यक्रम छ ।

सुदूरपश्चिम खेलकूद परिषद्ले कञ्चनपुर जिल्ला भलिबल संघको सहकार्य तथा व्यवस्थापनमा गरेको प्रतियोगितामा तीन विभागीय सहित सात प्रदेशका गरी १० टीम सहभागी भएका छन् प्रतियोगिता माघ २० गते समापन हुनेछ ।

Himal dental
सम्बन्धित
Loading...