ghar sansar

पुनर्वासमा त्रिभुवनबस्ती खानेपानी योजना ठप्प, अढाई सय धारा अलपत्र

Amity

धन बहादुर बिक
पुनर्वास । पुनर्वासस्थित त्रिभुवनबस्ती खानेपानी योजना विगत एक वर्षदेखि ठप्प हुँदै आए पनि खानेपानी सञ्चालक समिति मौन बसेको छ ।

खानेपानी को स्तरोन्नतिका लागि सञ्चालक समिति सम्बन्धित सरोकारवाला स्थानीय सरकार प्रमुख उप प्रमुख तथा विभिन्न सरोकारका व्यक्तिसंग सम्पर्क गरि खानेपानी सेवा सुधार का लागि सम्वाद गरिएको थियो , छिटै सुधार हुने आश्वासन प्राप्त भएपनि हालसम्म कुनै पहलकदमी गर्न सकेको छैन ।

lotus institite

भएको विकास संरचनालाई सुधार गर्ने जिम्मेवारी कसले लिनो हो त्रिभुवनबस्ती खानेपानी सेवाको अवस्थाले प्रश्न चिन्न उत्पन्न गरेको छ ।

खानेपानी सञ्चालक समिति संथापनाकाल देखिका अध्यक्ष तथा पुनर्वास नगरपालिका पुर्व मेयर जिवनराज थापाले बैशाख २५ गते भित्रै खानेपानी उपभोक्ता तथा स्थानीय सरोकारवाला बिच भेला बोलाई समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए तर हालसम्म पनि खानेपानी सञ्चालक समितिले खानेपानी स्तरोन्नति का लागि कुनै भेला बोलाईएको छैन ।

२०५६ सालमा सञ्चालनमा आएको त्रिभुवनबस्ति खानेपानी संस्थामा करिब पाँच बर्षदेखी खानेपानी सेवामा अनियमितता हुनथालेपछि सेवाग्राही हरू प्रायः घटनेक्रम जारि रहेको छ यद्यपि खानेपानी सेवामा सुधार ल्याउने तर्फ सञ्चालक समितिले कुनै पहल चालेको छैन ।

स्थापनाकालमा बिहान दिउँसो र साँझ गरि दैनिक ३ समय वितरण गर्दै आएको खानेपानी सेवा विगत पाँच बर्ष यता एकपटक का लागि मात्रै वितरण गर्ने गरिएको थियो भने गत एक बर्षयता खानेपानी वितरण ठप्प हुँदै आएको छ ।

२ लाख २५ हजार लिटर क्षमताको खानेपानी सेवाबाट करिब ७०० घरधुरी लाई मनग्य खानेपानी वितरण गर्न सकिने क्षमता भएपनि २४३ घरधुरी मा खानेपानी जडान गरि वितरण गरिदै आएकोमा खानेपानी सेवा गुणस्तरीय नभएकोले हाल ४० घरधुरी उपभोक्ताले मात्रै सो सेवा लिंदै आएकोमा खानेपानी सेवा पुर्णरूपमा ठप्प हुँदै आएपछि । धेरै जसो उपभोक्ताले बिधुत्तिय मोटर जडान गरि खानेपानीको आपूर्ति गर्दै आईरहेका छन ।

लामो समय विद्युत महसुल बुझाईएको छैन । करिब दुई लाख बढी रकम विद्युुत महसुुल तिर्नुपर्ने बाँकी रहेको विद्युत महसुुल काउन्टर पुनर्वास शाखाले जनाएको छ । टेलिफोनको बिल भुक्तानी नहुदा टेलिफोनको लाईन काटिएको छ ।

२०७६ माघ देखि खानेपानी कार्यालय का पाले धर्मराज गिरिले मासिक ६ हजारका दरले पाउनुपर्ने पारिश्रमिक पाएका छैनन भने खानेपानी कार्यालय का प्राविधिक बिक्रम बरालले गत ३ बर्षदेखी पारिश्रमिक पाउन सकेका छैनन ।

लाखौं मुल्यको वैकल्पिक बिधुत्तिय सोलार बिग्रेको पाँच बर्ष वितिसक्दा मर्मतका लागि रकम अभावले त्यतिकै थन्किएको अवस्थामा छ ।

यद्यपि अस्तव्यस्त अवस्थामा रहेको खानेपानी सेवा सञ्चालन सुधार तर्फ भने उपभोक्ता समिति मौन देखिन्छ । खानेपानी सेवा लाई चुस्तदुरूस्त बनाउन सञ्चालक समितिको बैठक बसि खानेपानी उपभोक्ता को भेला बोलाई नयाँ समित चयन गरिनुपर्ने समितका सदस्य राजकुमार रायमाझीले बताए ।

स्थापनाकालमा जिल्ला खानेपानी डिभिजन सहकारी संस्थाले खानेपानी संस्था उपभोक्तालाई हस्तान्तरण गर्दा पहिलो बर्ष दुई लाख , दोस्रो बर्ष एक लाख अनुदान रकम दिने शर्त गरेकोमा शर्त बमोजिमको एक रूपैया रकम पनि प्राप्त नभएको ले खानेपानी सेवा सञ्चालनमा थप समस्या हुनगएको सदस्य राजकुमार रायमाझी बताउँछन ।

उपभोक्ता भेला बोलाई नयाँ समित चयन गर्न मैले पटकपटक सुझाव दिए तर कुनै सुनवाइ नै गर्दैनन् समिति का कोषाध्यक्ष ईन्दु कडारीया बिष्टले गुनासो व्यक्त गरिन ।

खानेपानी सेवा स्थापनाकालदेखि हालसम्म पुरानै समिति रहेको छ भने नयाँ समित बनाउनेतर्फ कुनै महत्त्व दिईएको छैन ।

त्रिभुवनबस्ति खानेपानी संस्था लाई संघमा हस्तान्तरण गरिने र संस्थानले जिम्मा लिईसके पश्च्यात सबै समस्या हल हुने एंब उपभोक्ताले शुद्ध खानेपानी उपभोग गर्न पाउने पुर्व खानेपानी मन्त्री विना मगरको कार्यकालमा व्यापक चर्चा उठेपनि कार्यनयन हुन सकेन ।

वडा नम्बर ६ मा रहेको त्रिभुवनबस्ति खानेपानी सेवालाई प्रभावकारी बनाउन वडाबाट समेत पटकपटक पहल गरिएको वडा अध्यक्ष मित्र सिंह लामाले बताएका छन ।

गत २३ बर्षदेखि उपभोक्ता समितिको अध्यक्ष मा रहेका तथा पुनर्वास नगरपालिका का पुर्व मेयर जिवनराज थापाले ३ बर्ष अघि संस्थानलाई हस्तान्तरण गरि सकिएको भनेपनि खानेपानी संघ पुर्व केन्द्रीय अध्यक्ष ज्यु लाल चौधरीले भने हस्तान्तरण नगरिएको बताएका छन ।

पुनर्वासको खानेपानी सेवा सञ्चालनमा सुधार ल्याउन मेरो कार्यालय मै संघमा डेलिगेशन जानुपर्ने मैले पटकपटक सुझाव दिए तर त्रिभुवनबस्ति खानेपानी उपभोक्ता समितिले कुनै वास्ता नगरेको संघका पुर्व अध्यक्ष चौधरीले बताए ।

खानेपानी सेवा प्रभावकारी का लागि पहलकदमि गरेको छु पुनर्वास नगरपालिका प्रमुख तोया प्रसाद शर्माले आश्वासन दिंदै आएका छन तर ढाकको तीन पात भनेझैं कुनै सुधार हुन सकेको छैन । सम्बन्धित प्रदेश मन्त्रालय र केन्द्र मा कुरा गरेको छु छिटै सुधार हुन्छ नगर प्रमुख शर्माले अवगत गराएका थिए ।

Himal dental
सम्बन्धित
Loading...