ghar sansar

मुख्यमन्त्री भलिबल कप राष्ट्रिय प्रतियोगिता : सेना र सशस्त्रको जितलाई निरन्तरता, सुुदूरपश्चिमले कर्णालीलाई हरायो

रविन्द्र ओझा

महेन्द्रनगर । तेस्रो मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा सोमबार पाँच खेल भएका छन् । प्रतियोगितामा लिग चरण अन्र्तगत दैनिक चार खेल गर्ने तालिका भए पनि आइतबार खराब उज्यालोका कारणका स्थगित सुदूरपश्चिम र कर्णाली प्रदेशको खेल खेलाइएको हो ।

सोमबार पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशलाई सोझो ३–० सेटमा हराएको छ । आर्मी क्लबले २५–१२, २५–१९, र २५–१८ ले कोशी प्रदेशलाई हराएको छ ।

दोस्रो खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले कर्णाली प्रदेशलाई सोझो सेटमा हराएको छ । सशस्त्रले २५–१७, २५–१३ र २५–१९ ले कर्णालीलाई हराएको हो ।

तेस्रो खेलमा लुम्बिनी प्रदेशले बाग्मती प्रदेशलाई हराइको छ । बाग्मतीलाई ३–१ सेटले हराएको छ । लुम्बिनीले २५–१६, १८–२५, २५–१६ र २५–११ ले बाग्मतीलाई हराएको छ ।

गण्डकी प्रदेश मधेस प्रदेशलाई सोझो सेटमा पराजित गरेको छ । गण्डकी प्रदेशले २५–१६, २५–१४ र २५–११ ले मधेशलाई हराएको हो । गण्डर्की र मधेसबीच चौथो खेल भएको थियो ।

गण्डकी र मधेसबीच खेल सकिएपछि सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशबीच खेल भएको छ । सुदूरपश्चिमले कर्णालीलाई ३–१ सेटले हराएको छ । सुदूरपश्चिमले २५–१४, २२–२५, २५–२० र २५–१२ ले कर्णालीलाई हराएको हो ।

आइतबार दुबै टीमले एक÷एक खेल जितेपछि लाइटका कारण खेल स्थगित गरिएको थियो । सुदूरपश्चिम खेलकूद परिषद्ले कञ्चनपुर जिल्ला भलिबल संघको व्यवस्थापन आइतबारदेखि प्रतियोगिता सुरु गरेको हो ।

भलिबल संघका सचिव उत्तम विष्टले बिहीबारसम्म लिग चरणका खेलहरु हुने जानकारी दिए । सोमबार तीन हजार बढी दर्शकले खुला मञ्चमा भलिबल हेरेका छन् । माघ २० गते प्रतियोगिता समापन गरिनेछ ।

Himal dental
सम्बन्धित
Loading...