महेन्द्रनगर । डिफेन्डिङ्ग च्याम्पियन नेपाल पुलिस क्लबलाई स्तब्ध पार्दै गण्डकी प्रदेश तेस्रो मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा फाइनल प्रवेश गरेको छ ।
शुक्रबार खुला मञ्चमा पुलिस क्बलबलाई ३–२ सेटले पराजित गरी गण्डकी प्रदेश उपाधि नजिक पुगेको हो । सेमिफाइनमा पुलिस क्लबलाई हराएर गण्डकीले अघिल्लो संस्करणको बदला लिएको छ ।
अघिल्लो संस्करणमा गण्डकी प्रदेशलाई ३–२ सेटमा रोकेर पुलिस क्लबले फाइनल प्रवेश गरी उपाधि जितेको थियो । यस पटक गण्डकीले पुलिसलाई ३–२ सेटले हराउँदै फाइनल प्रवेश गरेको छ ।
बिहीबार तीन विभागीय गण्डकी प्रदेश फाइनल सेमिफाइन प्रवेश गरेको थियो । गण्डकी प्रदेश समूह बी बाट उप विजेता भएर सेमिफाइन प्रवेश गरेको थियो । पुलिस क्लब समूह ए बिजेता थियो ।
गण्डकी प्रदेश र पुलिस क्लबीच तेस्रो सेट रोमाञ्चक बन्यो । त्यस सेटमा गण्डकीले पुलिस क्बललाई ३१–२९ ले पराजित ग¥यो । पहिलो सेट २५–२० ले जितेको पुलिस क्लब, दोस्रोमा १५–२५ ले गुमाएर गण्डकीसित बराबरी भएको थियो । त्यसपछि २५–१९ ले तेस्रो सेट जितेपछि चौथोमा पुलिस क्लब ३१–२९ ले गुमाउनु पुग्यो । गण्डकी प्रदेशले अन्तिम पाँचौ सेटमा १५–६ ले पुलिस क्लबलाई स्तब्ध पार्दै फाइनल प्रवेश गरेको छ ।
गण्डकी प्रदेशका हिमाल सोनारी म्यान अफ द म्याच भए । खेल प्रसाद पाण्डेयको कप्तानीमा मैदानमा उत्रिएको थियो । शmुक्रबार सेमिफाइनमा कप्तान पाण्डेय धेरै समय बाहिर बसे । बिहीबार कबर्ड हलमा सशस्त्र प्रहरीको एपिएफ क्बलसित भने कप्तानले पाण्डेयले पुरै खेल खेलेका थिए ।
बिहीबार कबर्ड हलमा एपीएफ क्बलसित पराजित भएको थियो । सशस्त्र र गण्डकी दुबै समूह बी का टीम हन् । समूह बी का दुई टीमबीच शनिबार उपाधिका लागि भिडन्त हुँदैछ । समूह बीबाट सशस्त्र विजेता र गण्डकी उप विजेता बनेर सेमिफाइन पुगेका हुन् ।
गत पुुस २० देखि २६ गतेसम्म सुर्खेतमा गरिएको ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिातमा सशस्त्र प्रहरीलाई पराजित गर्दै पुलिस क्लब विजेता बनेको थियो ।
समूह विजेता र उप विजेताबीच शनिबार उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । गण्डकी प्रदेश पहिलो पटक मुख्यमन्त्री भलिबल कपमा फाइनल पुगेको छ ।
पुलिस क्लबले तेस्रो स्थानका लागि शनिबार त्रिभवन आर्मी क्बलसित खेल्नेछ । बिहीबार पुलिस क्बल त्रिभुवन आर्मी क्बललाई हराएर सेमिफाइन प्रवेश गरेको थियो ।
प्रतियोगितामा तीन विभागीय र गण्डकी प्रदेश सेमिफाइन पुगेका थिए । ६ प्रदेशका टीम लिग चरणबाट बाहिरका हुन् । सुदूरपश्चिम खेलकूद परिषद्ले कञ्चनपुर जिल्ला भलिबल संघको व्यवस्थापनमा गरेको प्रतियोगितामा १० टीम सहभागी भएका छन् ।