ghar sansar

सशस्त्रको एपिएफ क्लबले चुम्यो मुख्यमन्त्री भलिबल कपको उपाधि

Amity

महेन्द्रनगर । गण्डकी प्रदेशलाई हराउँदै सशस्त्र प्रहरीको एपिएफ क्लबले तेस्रो मुख्यमन्त्री राष्ट्रिय पुरुष भलिबलको उपाधी हात पारेको छ । शनिबार खुला मञ्चमा गण्डकी प्रदेशलाई ३–१ सेटले हराउँदै सशस्त्रले उपाधि जितेको छ ।

पहिलो सेट २५–२१ ले गुमाएको सशस्त्रले त्यसपछि तीन सेट २५–१६, ३०–२८ र २५–२१ ले जितेर उपाधि चुमेको हो । यस अघि बिहीबार लिग चरणमा सशस्त्रले गण्डकीलाई सोझो सेटमा हराएको थियो । सेमिफाइनमा त्रिभुवन आर्मी क्लबलाई हराएर सशस्त्र र नेपाल पुलिस क्लबलाई हराएर गण्डकी प्रदेश फाइनल प्रवेश गरेका थिए ।

lotus institite

सशस्त्रले जितसंगै ४ लाख सहित ट्रफी र प्रमाण पत्र पाएको छ । उप विजेता गण्डकी प्रदेश नगद २ लाख नगद सहित ट्रफी र प्रमाण पत्र हात पा¥यो ।

प्रतियोगिता नेपाल पुलिस क्लबले तेस्रो स्थान हासिल गरी नगद १ लाख सहित ट्रफी र प्रमाण पत्र पाएको छ । पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–१ सेटले हराएको हो । पहिलो सेट २५–१३, दोस्रो २४ ले जितेको पुलिस क्बल तेस्रो सेट २०–२५ ले गुमाएर चौथो सेटमा २५–२० ले जित निकालेको हो । यस अघि लिग चरणमा पुलिसले आर्मीलाई सोझो सेटमा हराएको थियो ।

चौथो स्थानमामा आएको आर्मीले नगद ५० हजार पुरस्कार सहित ट्रफी र प्रमाण पत्र पाएको छ । गत पुसमा सुर्खेतमा भएको ३४ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता पुलिसले उपाधि जिेतेको थियो ।

प्रतियोगिता समापन समारोहका प्रमुख अतिति पूर्व उप प्रधानमन्त्री एबम् एमाले नेता भीम बहादुर रावलले विजेता टीमलाई पुरस्कार प्रदान गरे । कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश रावल सहित मान बहादुर धामी, हिरा सिह सार्की, पूर्व मन्त्री लाल बहादुर खड्का लगायतका सहभागी भएका छन् ।

सुदूरपश्चिम खेलकूद परिषद्ले माघ १४ गतेदेखि कञ्चनपुर जिल्ला भलिबल संघको व्यवस्थापनमा प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा तीन विभागीय सहित १० टीम सहभागी भए ।

प्रतियोगितामा सहभागी सात प्रदेशमध्ये गण्डकी बाहेक सबै प्रदेशका टीम लिग चरणबाट बाहिरिएका थिए ।

Himal dental
सम्बन्धित
Loading...