भारतीय सहर वनबासामा लागू औषध सहित दुई नेपाली पक्राउ

lotus institute

महेन्द्रनगर । निकटवर्ती भारतीय बजार वनवसामा ठूलो मात्रामा लागूऔषधसहित २ नेपाली पक्राउ परेका छन् । वनबासास्थित मलेरिया नाला बैराज बन्दा मार्गबाट ठूलो मात्रामा लागूपदार्थसहित २ जना नेपाली कारोबारी पक्राउ परेका हुन् ।

शनिबार जनपद चम्पावतको वनवासा क्षेत्रअन्तर्गत थानाका हेड कन्स्टेबल गणेशसिंह बिष्ट र जगविर सिंह नेतृत्वको संयुक्त टीमको चेकजाँचको क्रममा ६०० (३००÷३०० रैक्सोजैसिक र फैनारगन) इन्जेक्सनसहित २ जना लागूपदार्थका कारोबारी पक्राउ परेका छन् ।

morning glory

पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१८ का २६ वर्षीय राहुल सुनाम र वडा नम्बर १८ का २८ वर्षीय सूर्यविक्रम शाह रहेका छन् । आरोपीहरूले प्रयोग गरेको म२प २३७ नम्बर प्लेटको मोटरसाइकल नियन्त्रणमा लिई सिज गरिएको भारतीय प्रहरीले जनाएको छ ।

पक्राउ परेका राहुल सुनामको साथबाट १७० रैक्सोजैसिक इन्जेक्सन, १७० फैनारगन, ३.३५ ग्राम स्मेक बरामद गरिएको छ । अर्का आरोपी सूर्यविक्रम शाहको साथबाट १३० रैक्सोजैसिक इन्जेक्सन, १३० फैनारगन, २.३५ ग्राम स्मेक बरामद गरिएको भारतीय प्रहरीले जनाएको छ ।

Mahendranagar

बरामद परिमाणको इन्जेक्सन र स्मेक पीलीभीतबाट ल्याएको तथा नेपाल लैजान लागेको बयान अभियुक्तले बनवासा थाना प्रहरीलाई दिएका छन् । आरोपीहरूले बयानमा नेपाली मूलका मुसा नामक १ जना व्यक्तिले लागूऔषध दिएको बताएका छन् ।

 राहुल सुनाम र सूर्यविक्रम शाहले भारतीय प्रहरीलाई दिएको बयानमा नशाको इन्जेक्सन पीलिभीतबाट ४० भारतीय रुपैयामा खरिद गर्ने र नेपालको महेन्द्रनगर आसपासको क्षेत्रमा ५००–६०० नेपाली रूपैयाँमा बिक्री गर्ने गरेको खुलेको छ ।

आरोपीहरूविरुद्ध बनबासा थानामा एनडीपीएस एक्टको धारा ८÷२१÷६० अनुसार मुद्दा दर्ता गरिएको वनवासा थानाले जानकारी दिएको छ ।

नेपाल–भारत सीमा क्षेत्रमा लागूपदार्थविरुद्ध लड्न दुवै देशका प्रहरीबीच समन्वय आवश्यक भएको भारतीय प्रहरीले जनाएका छन् । सीमा क्षेत्रमा लागूपदार्थ विरुद्धको अभियानमा नेपाल प्रहरीसँग समन्वय गर्न सकिने उनले बताए ।

यसअघि ९ किलोग्राम चरेशसहित १ नेपालीलाई भारतीय प्रहरीले पक्राउ गरेको थियो ।

saark school
सम्बन्धित
Loading...