ghar sansar

कञ्चनपुर प्रहरीका इन्सपेक्टर शाहीको यातना सहन नसकेर प्रहरी जवान नाथले राजीनामा दिएको खुलासा, हिरासतमा कुटपिट गर्दा कानको जाली फुटेको भनाई

प्रहरी प्रवक्ता डाँगीले भने– उजुरी लिएर कार्यालय आए छानबिन गरी दोषीमाथि कारवाही गर्छौ

little buddha academy
khasi

महेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरकी प्रहरी निरीक्षक बिनु शाहीको यातना सहन नसकेर एक प्रहरी जवानले जागिरबाट राजीनामा दिएको खुलासा भएको छ । प्रहरी कार्यालयको मुद्दा शाखा हेर्ने प्रहरी निरीक्षक शाहीको याताना सहन नसकेर बाजुरामा कार्यरत प्रहरी जवान नरेन्द्र नाथ (नवीन) लाई राजीनामा दिएका छन् ।

महेन्द्रनगर पोष्टका अनुसार शाहीले जागिर नछाडेर अभद्र व्यवहार र जबरजस्तीकरणीको मुद्दा चलाउने धम्की दिएपछि उनले बाजुरा प्रहरी कार्यालयमा राजीनामा दिएका छन् । बाजुराका डीएसपी कबिन्द्र बोहराले नाथको राजीनामा आएको र स्वीकृतिका लागि प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिम पठाइएको जानकारी दिएको महेन्द्रनगर पोष्टको समाचारमा उल्लेख गरिएको छ ।

,orning glory badhai

प्रहरी निरीक्षक शाहीको कारण आफू जागिर छोड्न बाध्य भएको नाथले बताएका छन् । ‘बिनाकारण मलाई यातना दिएको छ। जागिर छोड्न दबाब आइरहेको छ,’ जागिर नछाडे अभद्र व्यवहार वा जबर्जस्ती करणीको मुद्दा चलाउँछु भनेर दबाब दिएकी छन्’ नाथले भनेका छन् ।

बाजुराबाट घर आएका नाथ घरायशी समस्यापछि विदा थप्न जिल्ला प्रहरी कार्यालय जाँदा उनलाई गत महिना नियन्त्रणमा लिएर हिरासतमा राखिएको थियो । प्रहरीले त्यस दिन नाथ सहित उनीसंगै गएका अन्य दुई जनालाई पनि नियन्त्रणमा लिएको थियो । प्रहरी जवान नाथ बाहेक अन्य दुई जनालाई भने २४ घण्टापछि छाडिएको थियो ।

dirghayi clinic

प्रहरी हिरासतमा शाहीले आफूलाई यातना दिएको र कुटपिट गर्दा कानको जाली समेत फुटेको नाथको भनाई छ । ‘‘भित्र थुनुवालाई यति कुटेको छ कि, मेरो पनि कान फुटेको छ। गल्फ एक सातासम्म सुन्निएको थियोे’ उनले भनेका छन् ।

प्रहरी जवान नाथ आफूले बोल्दै नबोलेको कुरामा आरोप लगाएको बताउँछन् । ‘मैले केही भनेकै थिइन्, केही सीप नचलेपछि इन्सपेक्टर सापले उल्टै एसपी सरलाई यो बिनाको एसपी सरसँग अवाञ्छित सम्बन्ध छ भनेर भन्यो भन्ने आरोप लगाउनु भएछ । त्यहाँ पनि उहाँले मेरोविरुद्ध कुरा लगाएर एसपी सरले पनि नभएको कुरा गर्छस् भनेर रिसाउनु भयो,’ उनले भने।

आफूमाथि भएको ज्यादतीबिरुद्ध प्रदेश प्रहरी कार्यालयमा पुग्दा समेत न्याय नपाएर राजीनामा दिएको बताए ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले प्रहरी जवान नाथलाई थुनेर यातना दिएको विषय आफूलाई जानकारी नभएको बताए। ती प्रहरी उजुरी ल्याएर प्रहरीकोमा आए थप जाँचबुझ गरेर दोषीलाई कारबाही गर्ने उनले बताए ।

प्रहरी निरीक्षक शाही यस अघि पत्रकार कुटपिट प्रकरणमा विवादमा परेकी थिइन् । जिल्ला प्रहरी कार्यालयले उनलाई सचेत गराएको थियो ।

Himal dental
सम्बन्धित
Loading...