प्रहरी इन्स्पेक्टर विनु शाही फेरि विवादमा

महेन्द्रनगर । जिल्ला प्रहरी कार्याmलय कञ्चनपुरका प्रहरी निरीक्षक विनु शाही गम्भीर विवादमा मुछिएकी छन् । प्रहरी कार्यालयको मुद्दा शाखा प्रमुख शाहीले प्रहरी जवान नविन नाथलाई चरम यातना दिएर जागिरबाट राजीनामा दिन बाध्य बनाएको आरोप लागेको हो ।

१५ महिना अघि नेपाल प्रहरीको राष्ट्रिय प्रशिक्षण प्रतिष्ठान महाराजगन्जबाट सरुवा भएर आएपछि उनी यस अघि पनि पटक पटक विवादमा परेकी छन् । केही महिना अघि उनलाई जिल्ला प्रहरी कार्यालयले विभागीय कारवाही स्वरुप सचेत गराएको थियो ।

जिल्ला प्रहरी कार्यालयका सिनियर प्रहरी अधिकृतलाई विश्वास नगरी उनलाई मुद्दा शाखाको जिम्मेवारी दिइएको हो । कञ्चनपुर प्रहरी प्रमुख एसपी कमल थापाले उनलाई मुद्दा शाखा हेर्ने जिम्मेवारी दिएका हुन् । मद्दा शाखाको जिम्मेवारी पाएपछि प्रहरी निरीक्षक शाही पटक पटक विवादमा मुछिएकी छन् ।

प्रहरी जवान नाथलाई यातना दिन अघि उनी पत्रकारलाई हत्केडी लगाएर विवादमा आएकी हुन् । प्रहरी जवान नाथलाई गत महिना प्रहरी हिरासतमा राखेर यातना दिएको आरोप लागेको छ । शाहीको यातना सहन नसकेर प्रहरी जवान नाथले जागिरबाट राजीनामा दिएका छन् । बाजुरा जिल्ला प्रहरी कार्यालयमा कार्यरत उनको राजीनामा आएको प्रहरी नायब उपरीक्षक कबिन्द्र बोहराले पुष्टि गरि सकेका छन् ।

प्रहरी निरीक्षक शाहीले जबरजस्तीकरणी र अभद्र व्यवहारमा मुद्दा चलाउने धम्की दिएपछि उनले राजीनामा दिएको विभिन्न अनलाइनले समाचार प्रकाशित गरेका छन् ।

प्रहरी निरीक्षक शाहीले यातना दिएपछि उनी सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयसम्म गुहारेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले पनि वास्ता नगरेपछि उनी जागिर छाड्ने मनस्थितिमा पुगेका छन् ।

शाही मुद्दा शाखा प्रमुख भएपछि जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षभित्र थुनवामाथि कुटपिट गरिएका घट्ना बाहिरिएका छन् । गत महिना भीमदत्त नगरपालिका १८ का दिपेन्द्र पाल सहितका केहीमाथि हिरासतभित्र निर्घात कुटपिट गरिएको थियो । हिरासतभित्रै लागु औषध मुद्दामा आरोपि सञ्जय थापामािथ कुटपिट गरिएको थियो । त्यसको दुई दिन अघि पाललाई कुटपिट गरिएको थियो ।

पालका आफन्तले प्रहरीको सहयोगमा कुटपिट गरिएको दावी गरेका थिए । उनको ओठमा पाँच टाँका लागेको थियो । पाल कुटपिट घट्ना राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय कार्यालय र सुदूरपश्चिम प्रदेश कार्यालयसम्म पुगेको थियो । आयोगले प्रहरी कार्यालयलाई सत्यतथ्य पठाउन निर्देशन दिएको थियो ।

पाल र थापामाथि कुटपिट गरिएका बेला प्रहरी जवान नाथलाई हिरासतमा लिएर यातना दिइएको थियो । नाथका आफन्तका अनुसार बाजुरामा कार्यरत नाथलाई घर विदा आएका बेला विदा थप्न प्रहरी कार्यालय जाँदा नियन्त्रणमा लिइएको थियो ।

प्रहरी जवान नाथमाथि गड्डाचौकी इलाका प्रहरी कार्यालयाट जिल्ला प्रहरी कार्यालय आएपछि यातना दिन थालिएको थियो । गड्डाचौकीबाट आएका उनलाई त्यहीं राख्न भनेर दवाव दिन लगाएको आरोप लगाएर यातना दिन सुरु गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालयमा केही दिन बसेका उनको बाजुरा सरुवा भएको थियो । त्यसपछि घर आएका बेला विदा थप्न उनी प्रहरी कार्यालय पुगेका थिए । उनको खल्तीमा भएको गुट्खा देखिएपछि थुनुवालाई दिन ल्याएको भन्दै नियन्त्रणमा लिइएको हो ।

प्रहरी निरीक्षक शाहीले उनीसंगै नियन्त्रणमा लिएका दुई जनालाई छाडे पनि उनलाई भने एसपी कमल थापा आएपछि छाड्ने भन्दै हिरासतमा राखेकी थिइन् । त्यसपछि अर्को दिन राति साढे ८ बजेतिर उनलाई भोलिपल्ट बिहान १० बजे पुग्ने गरि तारेखमा छोडिएको थियो । तारेखमा छाड्न अघि उनलाई चरम यातना दिइएको थियो ।

प्रहरी जवानको नाथको कुटपिटबाट कानको जाली फुटेको बताइएको छ । त्यसपछि उनले एसपीसित आफ्नो गलत सम्बन्ध छ भनेर आरोप लगाएको नाथले बताएका छन् ।

प्रंहरी निरीक्षक शाहीले यातना दिएको समाचार बाहिर आएपछि उनले फेसबुकबाट आफूलाई रमाइलो लागेको प्रतिक्रिया सार्वजनिक गरेकी छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता प्रकाश डाँगीले प्रहरी जवान नाथलाई थुनेर यातना दिएको विषय आफूलाई जानकारी नभएको बताए। डीएसपी डाँगीले ती प्रहरी उजुरी ल्याएर प्रहरीकोमा आए थप जाँचबुझ गरेर दोषीलाई कारबाही गर्ने बताए ।

सम्बन्धित
Loading...