ghar sansar

आमा विरामी भएपछि विदा थप्न प्रहरी कार्यालय पुगेका नाथलाई कुटपिट गर्दैै नियन्त्रणमा लिएर चार दिन राखिएको थियो हिरासतमा

khasi

महेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक विनु शाहीको यातना सहन नसकेर जागिरबाट राजीनामा दिएका प्रहरी जवान नाथले आफूलाई कुटपिट गर्दै थुनेर चार दिन हिरासतमा राखेको बताएका छन् ।

बाजुरा जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान नाथलाई गत पुस तेस्रो साता प्रहरी कार्यालयमा विदा थप्न गएको बेला नियन्त्रणमा लिइएको थियो । त्यसपछि चार दिन हिरासतमा राखेर उनलाई यातना दिएपछि छाडेपछि उनले राजीनामा दिएका छन् ।

Anant bahu travels

जिल्ला प्रहरी कार्यालयको मुद्दा शाखा हेर्ने प्रहरी निरीक्षक शाहीले यातना दिएर नाथले राजीनामा दिएका समाचार सार्वजनिक भएपछि उनी सोमबार पत्रकाहरुलाई भेट गरी पीडा पोखेका छन् । पुस २२ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट आफूलाई कुटपिट गर्दै पक्राउ गरिएको उनले बताए ।

‘म आमा बिरामी भएपछि विदा थपका लागि जिप्रका गएका थिए, जिप्रकामा हामी दुई चार जना साथिभाई भलाकुसारी गर्दै थिए, एक्कासी हामी भएको ठाँउमा ईन्सपेक्टर शाही आएर कुटपिट गर्दै थुनि दियो, ‘उनले भने, ‘मेरो गल्ती नहुँदा नहुँदै पनि चार दिन हिरासतमा राखि दियो ।’

प्रहरी हिरासतमा उनले आफूमाथि फिल्म शैलीमा कुटपिट गरिएको बताए । ‘मलाई कुटपिट ग¥यो, म लाजले बाहिर निस्किएन, त जहाँ जान्छन, त्यही तेरो जागिर खाई दिन्छु, कि राजिनामा गर भन्दै मलाई दबाव दिएपछि बाध्य भएर पवित्र संगठनमा सेवा गर्ने चाहना हुँदाहुँदै बिदा हुनु प¥यो’ उनले भने ।

dirghayi clinic

प्रहरी जवान नाथलाई थुनुवाका लागि सूर्ती ल्याएको आरोप लगाउँदै हिरासतमा लिईएको थियो । नाथ आफ्नो विदा स्वीकृति र साथी सुुरेन्द्र चन्दको विदाबारे जानकारी लिन प्रहरी कार्यालय गएका थिए ।

प्रहरी उपरीक्षक कमल थापालाई विना कारण आफूलाई यातना दिएको बताए पनि साथ आफ्नो कुरा नसुकेको उनले दुखेसो पोखे ।

११ वर्ष प्रहरी सेवामा बिताएका नाथले १९ माघमा सेवाबाट राजीनामा दिएका हुन् । बाजुरा जिल्ला प्रहरी कार्यालयले उनको राजीनामा दिएको पुष्टि गरि सकेको छ । उनले राजीनामा दिएपछि आत्महत्या गर्ने सोच बनाए पनि घर परिवारले रोकेको बताए ।

प्रहरी निरीक्षक बिनु शाहीले आफुले प्रहरी जवान नरेन्द्र नाथलाई कुटपिट र यातना नदिएको दावि गरेकी छिन । उनले थुनुवा भेट्नका लागि सूर्ति, पुकार ल्याएर थुनुवा कक्षमा जाँदा प्रहरी नियमावली अनुरुप थुन्नेदेखि शारिरिक यातना दिएको बताईन ।

‘हाम्रो प्रहरी नियमावलीमा कर्मचारीले गल्ती गरे शारिरिक यादना दिने प्रावधान छ, त्यही अनुरुप नाथलाई पनि नैसियल दिएका हौँ, ‘उनले भने, ‘नाथले भने अनुरुप उनीमाथि दमनदेखि अन्याय, जागिर छाड्न बाध्य पारेको होईन ।’

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले भने उजुरी आएको छानबिन गरी दोषीमाथि कारवाही गरिने बताएका छन् ।

Himal dental
सम्बन्धित
Loading...