कञ्चनपुर प्रहरीले भन्यो– थुनुवालाई सुर्ती गुट्खा दिने बेला सम्झाउँदा धम्कीपूर्ण भाषा बोलेपछि कारवाहीका लागि लेखापढी गरिएको हो
महेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले प्रहरी जवान नविन नाथले हिरासत कक्षमा गएर थुनुवाहरुलाई सुर्ती गुुट्खा दिँदा सम्झाउने क्रममा धम्कीपूर्ण भाषा प्रयोग गरी पदीय आचरण विपरित अनुशासनहीन कार्य गरेपछि कारवाहीका लागि बाजुरा प्रहरी कार्यालयमा सिफारिश गरिएको सार्वजनिक गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक विनु शाहीको यातना सहन नसकेर प्रहरी जवान नाथले राजीनामा दिएका समाचार बाहिर आएपछि सोमबार प्रहरी कार्यालयले त्यसको खण्डन गर्दै विज्ञिप्त सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले सार्वजनिक विज्ञप्तिमा प्रहरी जवान नाथलाई बागथफाँटा प्रहरी चौकीमा कार्यरत हुँदा पनि नसियत दिइएको उल्लेख गरेका छन् ।