Sarsoti

प्रहरी इन्स्पेक्टर शाही विरुद्ध प्रशासनमा उजुरी

lotus institute

महेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक विनु शाही विरुद्ध प्रशासन कार्यालयमा उजुरी परेको छ । प्रहरी जवान नरेन्द्र नाथले मंगलबार प्रहरी निरीक्षक शाहीले प्रहरी निरीक्षकको शाहीको यतानाका कारण आफूले जागिरबाट राजीनामा दिएको उल्लेख गर्दै उनले छानबिन गरी कारवाहीको लागि उजुरी दिएका छन् ।

प्रशासन कार्यालमा दिइएको उजुरी

morning glory
Mahendranagar

निवेदन श्रीमान प्रमुख जिल्ला अधिकारी ज्यू , जिल्ला प्रशासन कार्यालय कञ्चनपुर उपरोक्त विषय सम्बन्धमा म जिल्ला प्रहरी कार्यालय बाजुरामा प्रहरी जवान पदमा कार्यरत रही आएको अवस्थामा मिति २०८०÷९÷१७ देखि लागू हुनेगरी ९४ दिन घर बिदा० आफ्नो वासस्थान तथा परिवारका सदस्य भएको स्थान जिल्ला कञ्चपुर भीमदत्त नगरपालिका–९ मा आई मिति २०८०÷०९÷२१ मा थप २० दिन घर बिदा माग गर्न श्री जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा गई बिदा थप गराई लिएकोमा मिति २०८०÷९÷२२ गतेका दिन अ १५ः४५ को समयमा श्री जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा विदा स्विकृत भए नभएको सम्बन्धमा म तथा प्रहरी जवान सुरेश चन्दसँग बुझ्न जाँदा जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको प्रशासनको अगाडि पुग्दा केही परिचित व्यक्तिहरुसँग भलाकुसारी गरी राखेको अवस्थामा प्रहरी निरक्षक बिनु शाहीको निर्देशनमा म समेतलाई घेरा बन्दी गरी समाती मुद्दा शाखामा लगि मलाई प्रहरी निरीक्षक बिनु शाहीले लात मुक्का समेतले कुटपिट गरी तिमीहरु किन म कहाँ आएको हो भनी धम्काउदै गर्दा मैले बिदा स्विकृत भए नभएको बुझ्न आएको जवाफ दिँदा एक्कासी म समेतलाई थुनामा राख निर्देशन गरी अनाहकमा किन यस्तो गर्नुहुन्छ भनी आग्रह गर्दा समेत कुनै सुनवाई भएन सो राति मलाई थुनुवा गृहमा नै राखी अर्को दिन दिउँसो काठका मुडाहरु बोक्न लगाई शारिरिक हैरानी दिन लगाइयो ।

साँझपख विभिन्न कागजहरुमा दस्तखत गर्न लगाई प्रहरी सुत्ने कोठामा निज प्रहरी निरीक्षक बिनु शाहीले मुखमा तथा शरिरका अंगहरुमा समेत लात मुक्का समेतले निर्घात कुटपिट गरियो । पश्चात मलाई ३ नम्बर सेलमा थुनुवा गरी राखियो तेस्रो दिन राति ८ः३० बजेको समयमा घरका मानिसहरु बोलाई जिम्मा लागाइयो । सो समय राजीनामा गर्ने अन्यथा जबरजस्ती करणी वा अभद्र व्यवहारको मुद्दा लगाई कारबाही गर्ने धम्की दिइयो । यी क्रियाकलापबाट म आजित भएको र मलाई मानसिक तथा शारिरिक यातना समेत दिइएबाट विछिप्त रहेको तथा कानमा समेत चोट लागेकोले अन्यायका डरले बाध्यताबस कार्यरत निकायमा गई राजीनामा दिन बाध्य बनाइयो ।

उपरोक्त परिस्थिति विद्यमान रहेकोले गाउँ समाजका भद्र भलादमीको सहयोगमा अन्यायविरुद्ध कानुनी उपचारमा जाने ऊर्जा मिलेकोले मलाई यातना दिन प्रारम्भ भएको मिति २०८०÷९÷२२ को दिउँसो ३ बजे देखि मिति २०८०÷९÷२४ को राति ९ बजेको समय सम्मको श्री जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जडान भएको सीसीटिभी फुटेजहरु प्रमाण प्रयोजनको लागि सुरक्षित गराइ पाउन श्री जिल्ला प्रहरी कार्यालय कञ्चनपुरलाई निर्देशन जारी गरी पाउन सादर अनुरोध गर्दछु ।

उक्त विषयमा कञ्चपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी ती प्रहरी जवानले निवेदन दिएको र आवश्यक जाँचबुझ भइरहेको बताएका छन ।

saark school
सम्बन्धित
Loading...