Sarsoti

पत्रकार भट्ट र कुँबरलाई रिहा गर्न प्रदेश साँसद भाटको माग

lotus institute

महेन्द्रनगर । सत्तारुढ नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश सभा सदस्य ओमबिक्रम भाटले प्रहरी हिरासतमा राखिएका दुई पत्रकारलाई थुनामुक्त गर्न माग गरेका छन् ।उनले पत्रकार पुस्कर भट्ट र ऐश्वर्या कुँबरलाई पक्राउ गरी हिरासतमा लिएको घट्नामा प्रधानमन्त्री र गृहलाई ध्यानाकर्षण गराउँदै थुनामुक्त गर्न माग गरेका हुन् ।

प्रहरीले विद्युतीय कारोबार ऐन अन्र्तगत माउन्टेन टेलिभिजनका भट्ट र सगरमाथा टेलिभिजनका कुँवरलाई शनिबार पक्राउ गरेको हो । उनीहरु दुबै जनालाई हिरासतमा राखिएको छ ।

morning glory
Mahendranagar

प्रदेश सभा सदस्य भाटले लोकतन्त्रमा लेख्न, बोल्न र आफ्ना कुरा राख्न पाइने भन्दै समाचार लेखेकै भरमा पत्रकारलाई पक्राउ गर्न नहुने भनेका छन् ।

उनले प्रहरी प्रशासनलाई जिम्मेवार एबम् गम्भीर बनेर तत्काल पत्रकारलाई थुनामुक्त गरि रिहा माग गरेका छन् ।

saark school
सम्बन्धित
Loading...