ghar sansar

पक्राउ पूर्जी जारी भएपछि अत्तरिया उद्योग बाणिज्य संघका अध्यक्ष फरार

janjyoti campus

महेन्द्रनगर । नक्कली टिकट प्रकरणमा पक्राउ पूर्जी जारी भएपछि अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण बोहरा र पूर्व अध्यक्ष अशोकराज देवकोटा फरार भएका छन् । सुदूरपश्चिम प्रादेशिक महोत्सव, अत्तरियामा नक्कली टिकट बिक्री गरेको आरोपमा चार जना पक्राउ गरिएपछि बोहरा र देबकोटामाथि पनि पक्राउ पूर्जी जारी भएको थियो ।

dirhayu

जिल्ला प्रहरी कार्यालय, कैलालीमा नक्कली टिकट प्रकरणमा उनीहरूको समेत नाम जोडिएपछि दुबै जना फरार भएका हुन् । संघका वर्तमान अध्यक्ष बोहरा र पूर्व अध्यक्ष देवकोटाको नाममा पक्राउ पुर्जी जारी भएपछि उनीहरू फरार भएका छन । कैलाली प्रहरीका प्रवक्ता कुलदिप चन्दले उनीहरु सम्पर्कमा नरहेको बताए । उनले भने, ‘घटना अनुसन्धानको चरणमा रहेको छ। उहाँहरू सम्पर्कमा आउनु भएको छैन ।’

western public academy

अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष बोहरा सहितको टोलीले महासचिव शंकर खड्का सहित चार जना विरुद्ध किटानी जाहेरी दिएका थिए । अध्यक्ष बोहराको नामसमेत नक्कली टिकट प्रकरणमा जोडिएपछि उनीहरू फरार भएका हुन्। प्रादेशिक महोत्सवमा २८ वटा ठेली नक्कली टिकट बिक्रीका लागि राखिएको फेला परेका थिए ।

Himal dental
सम्बन्धित
Loading...