ghar sansar

पत्रकार पक्राउ प्रकरण : अनुसन्धानका लागि सात दिन म्याद, रिहा गर्न चौतर्फी दबाव

महेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पत्रकारद्वय पुस्कर भट्ट र ऐश्वर्या कुँबरलाई अनुसन्धानका लागि जिल्ला अदालतबाट सात दिन म्याद पाएको छ । जिल्ला प्रहरी कार्यालयले आइतबार दिउँसोलाई उनीहरुमाथि अनुसन्धानका लागि १० दिन म्याद थपको माग गरी अदालतमा पेश गरेको थियो ।

विद्युतीय कारोबार ऐन अन्र्तगत जाहेरी दर्ता भएपछि शनिबार दुबै जनालाई पक्राउ गरी हिरासतमा राखिएको थियो । आइतबार म्याद थपका लागि अदालत लगिएको हो ।

mantra hos123

अदालतले म्याद थप अघि भट्ट र कुँबरको तर्फबाट कानुन व्यवसायीले बहस गरेका थिए । बहसका क्रममा उनीहरुलाई धरौटीमा छाड्न माग गरिएको थियो ।

प्रहरी कार्यालयमा ७५ (५०) ले दिएको प्रहरी कार्यालयमा दिएको फेसबुक पेज तथा मेसेन्जर लगायत सामाजिक सञ्जालबाट आफ्नो व्यक्तिगत चरित्र हत्या गरेको भन्ने जाहेरीका आधारमा प्रहरीले भट्ट र कुँबर विरुद्ध विद्युतीय कारोबार सम्बन्धी शुक्रबार मुुद्दा दर्ता गरेको थियो ।

प्रहरीले शनिबार भट्टलाई गड्डाचौकी र कुँबरलाई सुकासालस्थित घरबाट पक्राउ गरी हिरासतमा राखेको थियो । नेपाल पत्रकार महासंघ सहित प्रेस सम्बद्ध विभिन्न संगठनले प्रहरीले विद्युतीय कारोबार ऐनको दुरुपयोग गर्दै पत्रकारमाथि मुद्दा दायर गरिएको भन्दै आपत्ति जनाएका छन् । ती संगठनहरुले पत्रकारद्वयलाई रिहा गर्न माग गरेका छन् ।

नेपाल पत्रकार महासङ्घ केन्द्र र जिल्ला शाखा कञ्चनपुरले एक प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूको रिहाइको माग गरेको हो । केन्द्रीय महासचिव रोशन पुरीले एक विज्ञप्ति जारी गर्दै पत्रकार पक्राउ गरेको घटना प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उक्त विज्ञप्तिमा प्रहरी माथि कारबाहीको समेत माग गरिएको छ ।

त्यस्तै पत्रकार महासङ्घ कञ्चनपुरका सचिव राजेन्द्र प्रसाद अवस्थीद्धारा जारी प्रेस विज्ञप्तिमा प्रहरीले विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ को दुरुपयोग गरी (विद्युतीय कारोबार कसुर) अन्तर्गत मुद्दा चलाई पक्राउ गरिएकोप्रति नेपाल पत्रकार महासंघ कञ्चनपुरको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

एउटा प्रयोजनका लागि आएको कानुनको अर्कै प्रयोजनमा प्रयोग गरी पत्रकारलाई पक्राउ गरिएकोले पत्रकारद्वयको तुरुन्त रिहाइ गर्न माग गरिएको छ ।

माग सम्बोधन नगरिएमा नेपाल पत्रकार महासङ्घ चरणबद्ध आन्दोलनमा जाने ज्ञापन पत्रमा उल्लेख छ । प्रेस युनियन, प्रेस चौतारी र प्रेस सेन्टरले पनि विज्ञप्ति जारी गर्दै उनीहरूको रिहाइको माग गरेको छ ।

महासंघ सुदूरपश्चिमले कानुनको दुरुपयोग गरी प्रहरीले पत्रकारलाई पक्राउ गरेको घटनाप्रति महासंघ घोर भत्र्सना समेत गरेको छ ।

महासचिव रामसिंह ठगुन्नाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,‘समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गरिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी काम भन्ने ठहर छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी नगर्न नगराउन सम्बन्धित सम्बन्धित पक्षसंग जोडदार माग गर्दछौं ।’

Himal dental
सम्बन्धित
Loading...