
महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकाका कर्मचारीहरुले अनलाइन पोर्टलमा प्रकाशित भिडियोमा आपत्ति जनाउँदै पत्रकारलाई कथित पत्रकार भन्दै कानुनी कारवाहीमा जाने चेतावनी दिएका छन् ।
नाम उल्लेख नगरी कर्मचारीहरुको हस्ताक्षर मात्रै गरिएको विज्ञप्तिमा पत्रकारलाई पटक पटक कथित पत्रकार भनेर उल्लेख गरिएको छ ।
