
पत्रकार पक्राउ प्रकरण : कमेन्ट गरेको भन्दै सुदूरपश्चिम विश्वविद्यालयका सुरक्षा गार्ड सहित दुई जना पक्राउ
महेन्द्रनगर । प्रहरीले विद्युतीय अपराध गरेको आरोपमा सुदूरपश्चिम विश्वविद्यालयका सुरक्षा गार्ड सहित दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयले सोमबार भीमदत्त नगरपालिक–१८ का कर्ण बहादुर चन्द र भीमदत्त नगरपालिका– १६ का दशरथ धानुकलाई पक्राउ गरेको हो।
उनीहरुमध्ये पूर्व प्रहरी चन्द विश्वविद्यालयका सुरक्षा गार्ड हुन् । प्रहरी हिरासतमा रहेका पत्रकारद्वय पुस्कर भट्ट र ऐश्यर्वा कुँबरको समाचार तथा फेसबुकमा पोष्टमा कमेन्ट गरेको भन्दै अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयले विद्युतीय अपराध सम्बन्धि मुद्दामा शनिबार भट्ट र कुँबरलाई समेत पक्राउ गरेको थियो।
