ghar sansar

पत्रकार पक्राउ प्रकरण : सत्तारुढ माओवादी केन्द्रका नेता भट्ट छाडिए

Amity

महेन्द्रनगर । प्रहरीले विद्युतीय अपराध कसुर गरेको आरोपमा पक्राउ गरेका सत्तारुढ माओवादी केन्द्रका युवा नेता चन्द्रकान्त भट्ट(सिके) लाई साँझ छाडेको छ । जिल्ला प्रहरी कार्यालयले बुधबार विहान भट्टलाई पक्राउ गरेको थियो । प्रहरी कार्यालयमा भट्टसित सोधपुछ गरी बोलाएको बेला कार्यालयमा उपस्थित हुने शर्तमा भट्टलाई साँझ छाडिएको हो ।

प्रहरी कार्यालयमा ७५(३५) को नाममा शुक्रबार पत्रकारद्वय पुस्कर भट्ट र ऐश्वर्या कुँबर सहितका नाममा विद्युतीय अपराध कसुर सम्बन्धि मुद्दा भएको थियो । ती दुई पत्रकारलाई शनिबार पक्राउ गरिएको थियो ।

lotus institite

पत्रकार पक्राउपछि प्रहरीले उनीहरुका स्टेटशमा कमेन्ट लेख्ने व्यक्तिलाई पक्राउ गर्न थालेको हो । माओवादी केन्द्रका नेता भट्टलाई पनि कमेन्ट लेखेको आधारमा पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सहायक प्रवक्ता प्रहरी निरीक्षक हर्ष बहादुर चन्दले भट्टलाई अनुसन्धानका लागि पक्राउ गरिएको र सोधपुछ गरी छाडिएको बताए ।

‘अनुसन्धानका क्रममा पक्राउ गरिएको हो, सोधपुछ गरियो, वहाँलाई हिरासतमा राखेर अनुसन्धान गर्नु पर्ने देखिएन, त्यसपछि बोलाएको समयमा कार्यालयमा उपस्थित हुने गरी जिम्मा लगाइएको छ’ उनले भने ।

विद्युतीय कसुर मुद्दामा हालसम्म दुई पत्रकार सहित ६ जना पक्राउ गरिएका छन् । पक्राउ पर्नेमा पत्रकार बाहेक सुदूरपश्चिम विश्वविद्यालयका सुरक्षागार्ड करन चन्द, दशरथ धानुक, पुस्कर भट्ट र चन्द्रकान्त छन् ।

बुधबार पक्राउ गरिएका भट्ट बाहेक अन्य सबै प्रहरी हिरासतमा छन् । प्रहरीले भट्ट पक्राउ गरेपछि माओवादी केन्द्रका नेता, कार्यकर्ताले विरोध गरेका थिए ।

Himal dental
सम्बन्धित
Loading...