Sarsoti

सुनौलो महाकाली यातायातको बस कपिलवस्तुमा दुर्घटना, १० को मृत्यु, ३० जना घाइते

lotus institute

महेन्द्रनगर । कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै बिहीबार बिहान भएको बस दुर्घटनामा मृत्यु भएका दशजना मध्ये ६ जनाको पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक हरि वलीका अनुसार सनाखत भएका मृतकमा रौतहट औराही ३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, नेपाली सेना ,कालीजंग गण गोरुसिंगेमा कार्यरत सल्यानका अर्जुनकुमार योगी र भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमान रहेका छन् ।

morning glory
Mahendranagar

त्यस्तै भीमदत्त नगरपालिका– १ कञ्चनपुरका २७ वर्षीय राहुलराम कामी, भीमदत्त–४ कञ्चनपुरका २४ वर्षीय उमेश भण्डारी, भीमदत्त नगरपालिका– १६ कञ्चनपुर वर्षीय सन्जु थापाको दुर्घटनास्थलमै मृत्यु भएको छ ।

राति १ बजे महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको सडकबाट दुई सय मिटर तल खसेको थियो ।

कार्यालयका प्रहरी निरीक्षक नवरत्न पौडेलका अनुसार दुर्घटनामा ३० जना घाइते भएका ती मध्ये नौ जनालाई बुटवल पठाइएको छ । अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक पौडेलले बताए ।

saark school
सम्बन्धित
Loading...