ghar sansar

यस्तो पो हुनु पर्छ राष्ट्र सेवक कर्मचारीको विदाई

dirghayu ad

महेन्द्रनगर । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यलय दार्चुलाका लेखा अधिकृत गजेन्द्र जोशीलाई स्थानीय बाजागाजा सहित विदाई गरेका छन् । पाँच वर्ष दार्चुला सिँचाई विकास डिभिजन कार्यालयमा बसेका जोशीको महेन्द्रनगरस्थित यातायात कार्यालय सरुवा भएको थियो ।

लेखा अधिकृत जोशीलाई दार्चुलाका राजनीतिक दल, कर्मचारी, नागरिक संगठन, जल स्रोत समिति, निर्माण व्यवसायी लगायतले विदाई गरेका छन् । दार्चुलाको गोकुलेश्वरमा जोशीलाई बाजागाजा सहित बजार परिक्रमा गराएर विदाई गरिएको छ ।

ratnam malkhad

जोशी १२ वर्षदेखि सरकारी सेवामा कार्यरत छन् । लेखापालबाट सरकारी सेवा प्रवेश गरेका उनी लेखा अधिकृत पुगेका छन् । दार्चुलाका स्थानीयले उनको कार्यक्षमता र इमान्दारिताका कारण सम्मान स्वरुप विदाई गरिएको बताएका छन् ।
विदाई समारोहमा सहभागीले जोशीको सरुवाले आफूहरु निराश भएको बताए ।

लेखा अधिकृत जोशीले विदाई समारोहमा दार्चुलावासीले आफूलाई गरेको सहयोगका लागि सधैं ऋणी रहने बताए ।

Himal dental
सम्बन्धित
Loading...