ghar sansar

कञ्चनपुरबाट सरुवा भएका एसपी थापालाई निर्माण व्यवसायी संघको सम्मान

janjyoti campus

महेन्द्रनगर । कञ्चनपुरबाट सरुवा भएका प्रहरी उपरीक्षक (एसपी) कमल थापालाई निर्माण व्यवसायी संघ कञ्चनपुरले सम्मान गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग सरुवा भएका थापाले आफ्नो कार्यकालमा शान्ति सुरक्षा, राजश्व छली र विकृति विसंगति नियन्त्रणमा महत्वपूर्ण कार्य गरेको भन्दै सम्मान गरिएको छ ।

संघको कार्यालयमा शनिबार प्रहरी उपरीक्षकको विदाई कार्यक्रम गरी सम्मान गरिएको छ । कार्यक्रममा संघका अध्यक्ष निरञ्जन प्रसाद भट्टले प्रहरी उपरीक्षक थापालाई टिका लागाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरे ।

western public academy

संघका अध्यक्ष भट्टले अध्यक्षता गरेको कार्यक्रममा थापा प्रमुख अतिथि थिए । कार्यक्रममा एसपी थापाले कञ्चनपुर एक वर्षे कार्यकाल सुखद र राम्रो भएको बताए ।

dirhayu

‘केही सानातिना बिर्सेर हेर्ने हो भने अन्य जिल्लाको बसाई भन्दा यहाँको बसाई मेरा लागि निकै राम्रो भएको छ, यो ठाउँ राम्रो छ’ उनले भने,‘यहाँ बस्दा मैले केही कमजोरी गरेको छ भने नि त्यसलाई बिर्सि दिनु होला ।’

निर्माण व्यवसायी संघका अध्यक्ष भट्टले एसपी थापाको कार्यकाल उपलब्धिपूर्ण भएको र आगामी दिनमा पनि अझै राम्रो बनाउनु सुझाव दिए । एसपी थापाले राजश्व छली र अवैध औषधिको कारोबार नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरे ।

‘हामी कर तिरी व्यापार व्यवसाय गर्छाै, कोही कर नतिरी व्यवसाय गर्नेहरु पनि छन्, यसलाई करको दायरामा ल्याएर राम्रो गर्नु भयो’ उनले भने,‘अर्को स्वास्थ्यमा ठूलो असर पर्ने अवैध कारोबार रोक्न भयो, डाक्टर हो कम्पोटर के हो सुई लगाउन जान्न हो हो कि नजान्ने , त्यसलाई रोक्नु भो, यो राम्रो काम गर्नु भो, जसरी यता बस्दा राम्रो गर्नु भो, आगामी दिनमा अझै यो भन्दा राम्रो गर्नु होला, शुभकामना छ ।’

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र बहादुर चन्द, उपाध्यक्ष देब बहादुर चन्द, महासचिव योगेन्द्र ठकुराठी, कोषाध्यक्ष दिपक भट्ट, सह कोषाध्यक्ष यज्ञराज बैज लगायत कार्य समितिका सदस्य, निर्माण व्यवसायी सहभागी भएका छन् । संघका उपाध्यक्ष चन्दले कार्यक्रम सञ्चालन गरेका थिए ।

Himal dental
सम्बन्धित
Loading...