महेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट सरुवा भएका प्रहरी प्रमुख (एसपी) कमल थापा आइतबार जान लागेका छन् । एसपी थापाको केही दिन अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएको थियो ।
एसपी थापाको स्थानमा प्रहरी उपरीक्षक चक्रराज जोशीको सरुवा भएको छ । नयाँ प्रहरी उपरीक्षक जोशी जिल्ला नपुग्दै थापा आइतबार जान लागेका हुन् ।
एसपी थापाले गत वर्ष फागुनदेखि कञ्चनपुर प्रहरीको कमाण्ड सम्हालेका थिए । प्रहरी सेवाको जागिर सुदूरपश्चिमबाट सुरु गरेका उनी प्रहरी उपरीक्षक भएर दोस्रो पटक कञ्चनपुर आएका हुन् । यस अघि उनी प्रहरी निरीक्षक हुँदा बैतडी जिल्ला प्रहरी कार्यालय बसेका थिए ।
एसपी थापाले आफ्नो एक वर्षे कञ्चनपुर बसाई सुखद भएको दावी गरे । सरुवा हुन अघि दुई पत्रकारमाथि साइबर क्राइम मुद्दामा पक्राउ गरी विवादमा तानिएका उनले त्यसलाई पनि हल गरि दिएका छन् । एसपी थापाले कञ्चनपुरको बर्षे कार्यकाल उपलब्धिमुलक बसाईका रुपमा लिएका छन् ।
‘पछिल्लो पटक महेन्द्रनगर पोष्टमा आएका कुरालाई बिर्सेर हेर्ने हो भने संखुवा सभा बसे, इन्स्पेक्टर भएर खोटाङ्ग बसे, यहाँ पनि एक वर्षे बसेर भोलि जाँदैछु’ शनिबार कञ्चनपुर निर्माण व्यवसायी संघले गरेको विदाई तथा सम्मान कार्यक्रममा एसपी थापाले भने,‘इमालको मान्छे, नयाँ ठाउँ भो, यो गर्छु त्यो गर्छु भन्ने कुरा भएन, केही गर्छु भनेर लागे, त्यसमा केही सफलता हात पारेका छौ ।’
भारतीय सीमावर्ती सहर वनबासाबाट महिलाहरुले साइकलमा समान केयरिङ्ग गर्दा सीमावर्ती क्षेत्रमा उनीहरुमाथि हुन अपमानको विषयले आफूलाई छोएको एससी थापाले बताए ।
‘म यहाँ आएपछि मलाई छोएको विषय थियो, आमा दिदी बहिनी, बुहारीमाथि अपमान, दुव्र्यवहार, गाली गलौज हुन्थ्यो, त्यसलाई रोक्ने पहल ग¥यौ, सीमित मान्छेका विकल्प चाहिने देखियो’ उनले भने,‘त्यसलाई रोकथामका लागि अघि बढाउँदा स्टार्टटिङ्गमा नै पत्रकारसित त्यहींबाट विवाद भो, तै पनि त्यसलाई नियन्त्रण गर्न सफल भयौ ।’
भारतीय सीमावर्ती सहरबाट वर्षौदेखि साइकलमा समान केयरिङ्ग हुँदै आएकोमा गत वर्षदेखि बन्द गरिएको छ । समान केयरिङ्गमा ठूलो मात्रामा राजश्व छली भएको आशंकामा प्रहरी उपरीक्षक थापाको नेतृत्वमा महेन्द्रनगर बजार क्षेत्रमा ठूला गोदाममा छापा हानिएको थियो ।
एसपी थापाले आफ्नो कार्यकालमा दोेधारा चाँदनीमा बंगाली डाक्टरले अवैध रुपमा सञ्चालन गर्दै आएको औषधि व्यवसाय बन्द गराएका छन् । भारतीय नागरिकले बंगाली डाक्टरको नाममा अवैध रुपमा औषधि व्यवसाय सञ्चालन गर्दै आएका थिए । उनले अवैध रुपमा औषधिको कारोबरा गर्दैृ आएका भारतीय नागरिकलाई पक्राउ गरी मुद्दा चलाएका हुन् ।
‘दोधारा चाँदनीमा वर्षौदेखि बंगाली डाक्टरले जोखिमयुक्त औषधिको कारोबार गर्दै आएका थिए, यसलाई कानुनी दायरामा ल्याउन सकिएको थिएन, त्यसलाई पनि फौजदारी अपराध अन्र्तगत ल्याएर कानुनी कारवाही गर्न सक्यौ’ उनले भने ।
एसपी थापाले भारतीयय नागरिक बाहेक अवैध रुपमा सञ्चालन हुँदै आएको औषधि पसलमा छापा हानेर सञ्चालक र जोखिम युक्त औषधि बरामद गरेका थिए ।
भीमदत्त नगरपालिका ९ ब्रह्मदेबस्थित सिद्धनाथ मन्दिर क्षेत्र आशपासको मदिरा कारेबार एसपी थापाले बन्द गराएका छन् । मन्दिर परिसर क्षेत्रमा वर्षौदेखि सञ्चालित मदिरा कारोबार रोक्न स्थानीयले वर्षौदेखि माग गर्दै आएका थिए ।
‘मन्दिर परिसर नजिक वर्षौदेखि मदिरा कारोबार थियो, त्यसले मन्दिर दुर्गन्धित थियो, त्यसुलाई हटाउनु पर्छ भन्ने लाग्यो’ उनले भने,‘अहिले त्यो बन्द गरिएको छ ।’
एसपी थापाले आफ्नो कार्यकालमा राजश्व छली नियन्त्रणमा भूमिका निर्वाह गरेका छन्् । चालु आर्थिक वर्षको ६ महिनामा मात्रै उनले अवैध समान बरामद गरी ३ करोड ५१ लाखको राजश्व संकलन गरेका छन् । गत वर्ष अवैध समान बरामद गरी एक करोड ६९ लाख राजश्व आम्दानी भएको थियो ।
एसपी थापाले कल वाइपासमा संलग्न गिरोह पक्राउ गरी अर्को नयाँ काम गरेका थिए । उनले भारतीय सहित तीन जनालाई पक्राउ मुद्दा चलाएका छन । यसैगरी मसाज तथा स्पा सेन्टरमा छापा हानेर उनले सञ्चालक सहितलाई पक्राउ गरेका थिए ।
एसपी थापाले आफ्नो कार्यकाल भएका कमजोरीलाई बिर्सि दिन आग्रह गरेका छन् । ‘केही सानातिना बिर्सेर हेर्ने हो भने अन्य जिल्लाको बसाई भन्दा यहाँको बसाई मेरा लागि निकै राम्रो भएको छ, यो ठाउँ राम्रो छ’ उनले भने,‘यहाँ बस्दा मैले केही कमजोरी गरेको छ भने नि त्यसलाई बिर्सि दिनु होला ।’
निर्माण व्यवसायी संघ कञ्चनपुुरका अध्यक्ष निरञ्जन प्रसाद भट्टले एसपी थापाले राजश्व छली र अवैध औषधिको कारोबार नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरे ।
‘हामी कर तिरी व्यापार व्यवसाय गर्छाै, कोही कर नतिरी व्यवसाय गर्नेहरु पनि छन्, यसलाई करको दायरामा ल्याएर राम्रो गर्नु भयो’ उनले भने,‘अर्को स्वास्थ्यमा ठूलो असर पर्ने अवैध कारोबार रोक्न भयो, डाक्टर हो कम्पोटर के हो सुई लगाउन जान्न हो हो कि नजान्ने , त्यसलाई रोक्नु भो, यो राम्रो काम गर्नु भो, जसरी यता बस्दा राम्रो गर्नु भो, आगामी दिनमा अझै यो भन्दा राम्रो गर्नु होला, शुभकामना छ ।’