ghar sansar

होली फेमलीमा होली फेस्टिबल सुरु, शुक्रबारसम्म चल्ने

महेन्द्रनगर । भीमदत्त नगरपालिका १० तिल्केनीस्थित होली फेमली इङ्गलिश मिडियम स्कुलमा होली फेस्टिबल सुरु भएको छ । होली फेमली स्कुलको फागुन १२ गते हुने २३ औं वार्षिकोत्सवको अवसर पारी सोमबारदेखि चार दिने फेस्टिबल आयोजना गरिएको छ ।

होली फेमली स्कुलका संस्थापक भुपाल सिह विष्टले होली फेस्टिबलको उद्घाटन गरेका छन् । उनले ब्यानर बाचन गरी फेस्टिबल उद्घाटन गरे ।

mahostaw

कार्यक्रममा होली फेमली सहित होली ग्रुफ अप स्कुल आवद्ध सबै विद्यालयका शिक्षक, विद्यार्थी, कर्मचारी सहभागी भएका छन् । फेस्टिबल उद्घाटन गर्दै संस्थापक विष्टले फेस्टिबलमा खेलकूद र विभिन्न साँस्कृतिक कार्यक्रम गरिने बताए ।

‘फागुन १२ गते हामी विद्यालयको वार्षिकोत्सव मनाउन गइ रहेका छौ, वार्षिकोत्सवको अघिल्लो दिनसम्म विभिन्न खेलकूल, साँस्कृतिक कार्यक्रम गर्ने छौ’ उनले भने ।

फेस्टिलबमा खेलकूद प्रतियोगिता अन्र्तगत क्रिकेट, भलिबल, कबड्डी, कराँते, फुटबल, ब्याडमिन्टन, चेस, टेबल टेनिस, एथ्लेटिक्सका खेल खेलाइने तयारी गरिएको छ । साँस्कृतिक कार्यक्रम अन्र्तगत नाचगान, नाटक प्रस्तुति लगायतका कार्यक्रम छन् ।

फेस्टिबलमा होली ग्रुफ अफ स्कुल आवद्ध विद्यालयका विद्यार्थीहरुबीच प्रतिस्पर्धा हुनेछ । फेस्टिलबका विजेता विद्यार्थीलाई वार्षिकोत्सव समारोहमा पुरस्कार प्रदान गरिनेछ ।

काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकको प्रमुख आतिथ्यमा वार्षिकोत्सव कार्यक्रम गर्ने तयारी गरिएको छ ।

फेस्टिबल उद्घाटन कार्यक्रममा होली फेमली स्कुलका प्रिन्सिपल खडक सिह विष्टले फेस्टिबलमा विद्यार्थीहरुलाई प्रतिभा प्रदर्शन गर्ने अवसर भएको बताए । ‘फेस्टिबल कल्चर पनि हो, यसमा विद्यार्थीहरुले आफ्नो प्रतिभा देखाउन सक्छन्, अरुबाट धेरै कुरा सिक्न सक्छन्’ उनले भने ।

विद्यालयका शिक्षक हरिश ठगुन्नाले कार्यक्रम सञ्चालन गरे । फेस्टिबल उद्घाटनसंगै विद्यालयमा ७४ औं प्रजातन्त्र दिवसको अवसर पारी झण्डोत्तोलन गरिएको छ । होली फेमलीका संस्थापक विष्टले झण्डोत्तोलन गरे । उनले फागुन ७ गते नेपालीहरुका लागि गौरबपूर्ण इतिहासको दिन भएको बताए ।

फेस्टिबल उद्घाटन अघि प्रभातफेरि गरिएको छ । विद्यालयबाट सुरु भएको प्रभातफेरि जिमुवा, गड्डाचौकी, सुकासाल, तिलाचौर हुँदै विद्यालयमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।

प्रभातफेरिमा विद्यालयका संस्थापक विष्ट सहित सबै होली ग्रुफ अफ स्कुलका सबै विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी सहभागी भए ।

प्रभातफेरिका क्रममा विद्यार्थीहरुले फागुन १२ गते हुने वार्षिकोत्सव कार्यक्रमका लागि अभिभावक सहित स्थानीयलाई आमन्त्रण गरे । राष्ट्रिय झण्डा सहित विद्यार्थीहरु ब्यानर र प्ले कार्ड बोकेर प्रभातफेरिमा सहभागी भएका छन् ।

   

Himal dental
सम्बन्धित
Loading...