ghar sansar

प्रजातन्त्र दिवसमा नेवि संघ कञ्चनपुरको दिप प्रज्वलन

little buddha academy
khasi

महेन्द्रनगर । नेपाल विद्यार्थी संघ कञ्चनपुरले ७४ औँ प्रजातन्त्र दिवसको अवसरमा दिप प्रज्वलन कार्यक्रम गरेको छ । सोमबार साँझ दशरथ चोकमा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरको प्रमुख आतिथ्यमा दिप प्रज्वलन कार्यक्रम गरिएको छ ।

कार्यक्रममा नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश समितिका सदस्य कृष्ण पाठक र महाकाली महाकाली प्रादेशिक अस्पतालका अध्यक्ष कृष्णानन्द भट्ट विशिष्ठ अतिथि थिए ।

,orning glory badhai
dirghayi clinic

कार्यक्रममा नेपाल स्वास्थ्यकर्मी संघका केन्द्रिय महासचिव डा. दिपक राज भट्ट, जनज्योति बहुमुखी क्याम्पसका माधव जोशी, तरुण दल केन्द्रिय सदस्य आशिष खत्री, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य इन्द्र साउद, केन्द्रिय सदस्य सञ्जय अधिकारी, जनज्योति इकाई सभापति कृष्णदेव जोशी लगायतका सहभागी भएका छन् ।

कार्यक्रममा संघका जिल्ला अध्यक्ष नरेश पण्डितले राणाहरुको जहाँनिया शासन विरुद्ध लडेर सहिदहरुको ज्यानको आहुति दिएर प्रजातन्त्र ल्याएको उल्लेख गर्दै फागुन ७ गते सबैका लागि नेपालीका गौरबको दिन भएको बताए ।

 

Himal dental
सम्बन्धित
Loading...