ghar sansar

दादुरा रुबेला विरुद्ध खोप अभियान : ईटा भट्टा कामदारका बालबालिकालाई खोजी गरी खोप लगाइने

महेन्द्रनगर । स्वास्थ्य कार्यालय कञ्चनपुरले इटा भट्टाहरुमा खोजी गरी कामदारका बालबालिकालाई दादुरा रुबेला विरुद्धको खोप लगाउने भएको छ । स्वास्थ्य कार्यालयको नियमित खोपमा लगाउन नसकिएका ती बालबालिकालाई फागुन १३ गतेदेखि सुरु हुन लागेको दादुरा रुबेला विरुद्धको खोप अभियानमा खोजी गरी खोप लगाइने भएको हो ।

फागुन १३ देखि २० गतेसम्म कञ्चनपुरका सबै ९ स्थानीय तहका ९२ वडामा दादुरा रुबेला विरुद्धको खोप अभियान सञ्चालन हुन लागेको हो । स्वास्थ्य कार्यालयले नियमति खोपमा छुटेका सहित एक लाख ३८ हजार एक सय १२ बालबालिकालाई लक्षित गरी खोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।

mahostaw

स्वास्थ्य कार्यालयको नियमित खोप कार्यक्रममा छुटेका बालबालिकालाई खोप अभियानमा विशेष प्राथमिकता दिइने स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत ओमप्रकाश जोशीले बताए ।

‘बालबालिकालाई नियमति रुपमा खोप दिँदै आएका छौ, केही कारणले छुटेका बालबालिका छन्, भने उनीहरुलाई अभियानमा जसरी पनि समावेश गराउन प्राथमिकता दिएका छौ’ कार्यालय प्रमुख जोशीले भने ।

स्वास्थ्य कार्यालयका अनुसार भारतबाट आएर जिल्लाका विभिन्न स्थानका इटा भट्टामा काम गर्ने कामदारका छोरा छोरी नियमति खोप अभियानमा समावेश हुन सकेका छैन् । अहिले खोप अभियानमा ती बालबालिकालाई खोजी गरी समावेश गरिने स्वास्थ्य कार्यालयका खोप सुपर्भाइजर जनक कुँबरले बताए ।

‘विशेष गरी भारतबाट आएर इटा भट्टाहरुमा काम गर्ने कामदारका बालबालिकालाई नियमित खोप कार्यक्रममा समावेश गर्न सकिएको छैन, उनीहरु अहिले आउँछन्, जेठ बैशाखतिर जान्छन्’ उनले भने,‘त्यस कारण यस पटक अभियानमा इटा भट्टाहरुमा बच्चाहरुको खोजी गरी खोप लगाउँछौ ।’

स्वास्थ्य कार्यालयले ईटा व्यवसायीहरु छलफल गरी भट्टाहरुमा बालबालिकाको खोजी गरिने कुँबरले बताए । सरकारले राष्ट्रिय खोप कार्यक्रम अन्र्तगत २४ जिल्लामा ९ महिानादेखि १५ वर्ष मुनिका बालबालिका र त्यस बाहेक ५१ जिल्लामा ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिकाललाई लक्षित गरी दादुरा रुबेला विरुद्ध खोप अभियान सञ्चाालन गर्न लागेको हो ।

सरकारले सन् २०२६ सम्म दादुरा रुबेला रोगलाई निवारण गर्ने लक्ष्य लिएको छ । कोराना महामारी सहित विभिन्न कारणले दादुरा रुबेला विरुद्धको खोप मात्रा लक्ष्य अनुसार पुगाउन नसकिएपछि राष्ट्रिय खोप अभियान सञ्चालन गरिएको हो । अभियानबाट खोपको कभरेज ९५ प्रतिशत बढी पुग्ने अपेक्षा गरिएको छ ।

स्वास्थ्य कार्यालयका कन्ट्रोल भेक्टर अधिकृत सिद्धराज भट्टले दादुरा रुबेला दुबै रोगको उपचार नभएको तोकिएको मितिमा खोप लगाउनु पर्ने बताए । ‘दादुरा भाइसरबाट सर्ने रोग हो, यसले बालबालिकाको श्वासप्रश्वास प्रणालीमा समस्या गर्छ, रुबेला पनि भाइसरबाट सर्ने रोग हो, यो पनि दादुरा जतिकै खतरनाका रोग हो’ उनले भने,‘यी दुबैको उपचार छैन, त्यसैले तोकिएको मितिमा खोप लगाउन आवश्यक छ ।’

कञ्चनपुरका सबै ९ ओटै स्थानीय तहका ९२ वडामा खोप अभियान सञ्चालन गर्ने स्वास्थ्य कार्यालयको तयारी छ । ती वडाका एक सय ५३ खोप केन्द्रबाट लक्षित बालबालिकालाई अभियान अवधिभरि खोप लगाइनेछ ।

ती सबै खोप केन्द्रमा स्वास्थ्यकर्मी सहित तीन जना जनशक्ति परिचालन हुने छ । स्वास्थ्य कार्यालयले कम्तिमा २ सय ५० बालबालिकालाई खोप लगाउने खोप केन्द्रमा तयारी थालेको हो । कञ्चनपुरमा दुई वर्ष अघि कृष्णपुरका ३८ बालबालिकामा दादुरा रुबेला देखिएको थियो ।

स्वास्थ्य कार्यालयका परिवार नियोजनक फोकल पर्सन कपिल जोशीले खुला सीमा नाका कारण मौसमी बसाई सराई हुने परिवारका बालबालिकालाई खोप लगाउन चुनौतीपूर्ण भएको बताए । उनले गाउँ र सहर दुबै क्षेत्रबाट बालबालिका खोप लगाउनबाट छट््न सक्ने बताए ।

‘गाउँ मात्रै सहरमा पनि सिजनन बसाइसराई हुने भएकाले बच्चाहरु छुट्न सक्छन्, खुला बोर्डरले भारतबाट आउने व्यक्तिलाई खोप लगाउन निकै चुनौतीपूर्ण छ’ उनले भने,‘ओहोरदोहोर गर्छन्,यसले बच्चा चिन्न समस्या हुन्छ, गाउँघर तिर बरु स्वास्थ्यकर्मीले चिनेका हुन्छन्, त्यसैले लगाउन सजिलो हुन्छ ।’

Himal dental
सम्बन्धित
Loading...