Sarsoti

दबाव, प्रभाव र लोभलालचमा पर्दैनौ : एसपी जोशी

lotus institute

महेन्द्रनगर । कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले कञ्चनपुरलाई शान्त बनाउन सबै पक्षतिसत सहकार्य गरी अघि बढ्ने बताएका छन् ।

जिल्ला प्रहरी कार्यालयमा बुधबार गरिएको पत्रकारहरुसित परिचयात्मक कार्यक्रममा उनले प्रहरीले कानुन कार्यान्वयन गरी शान्ति सुरक्षा कायम राख्ने र कानुन कार्यान्वयनका क्रममा सबै पक्षको साथ सहयोग लिएर शान्त कञ्चनपुर बनाउने बताएका हुन् ।

morning glory
Mahendranagar

‘कञ्चनपुर शान्त छ, यसलाई शान्त बनाउन चाहन्छौ,त्यसका लागि सबै पक्षसित सहकार्य गरी अघि बढ्ने छौ’ उनले भने,‘कानुन कार्यान्वयन गर्ने कुरामा हाम्रो भूमिका हुन्छ, कार्यान्वयनको क्रममा सबै पक्षमा साथ सहयोग चाहिन्छ ।’

प्रहरी उपरीक्षक जोशीले सामाजिक सञ्जाल फेसबुकको सही प्रयोग गर्न सबैलाई आव्हान गरे । उनले लागु औषध नियन्त्रणका लागि कडा रुपमा प्रस्तुत हुने उल्लेख गरे । उनले दबाव, प्रभाव र लोभलालचमा नपरी काम कारवाही गरिने बताए ।

कार्यक्रममा सशस्त्र प्रहरीको शैलेश्वरी गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक खगेन्द्र बहादुर चन्द सहभागी भए । सशस्त्र प्रहरी उपरीक्षक पनि नयाँ आएका हुन् ।

saark school
सम्बन्धित
Loading...