Sarsoti

कञ्चनपुर प्रहरी कार्यालयमा जनपद र सशस्त्रका एसपी संगसंगै

lotus institute

महेन्द्रनगर । कञ्चनपुमा नयाँ आएका जनपद प्रहरी र सशस्त्र प्रहरी प्रमुखले बुधबार जिल्ला प्रहरी कार्यालयमा एकै कार्यक्रममा एक साथ सहभागी भएका छन् ।
जिल्ला प्रहरी कार्यालयमा गरिएको पत्रकारहरुसित परिचयात्मक कार्यक्रममा प्रहरी उपरीक्षक चक्रराज जोशी र सशस्त्र प्रहरी उपरीक्षक खगेन्द्र बहादुर चन्द सहभागी भएका छन् ।

उनीहरुमध्ये कार्यक्रममा प्रहरी उपरीक्षक जोशीले कार्यक्रममा आफ्नो धारणा राखे । कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक चन्दले आफ्नो परिचय मात्रै दिए । चन्द झलारीस्थित सशस्त्र प्रहरीको झलारीस्थित शैलेश्वरी गणका प्रमुख हुन् ।

morning glory
Mahendranagar

कार्यक्रममा प्रहरी उपरीक्षक जोशीले जनपद र सशस्त्र दुबैको काम शान्ति सुरक्षा कायम राख्ने भएको उल्लेख गर्दै जनपद प्रत्यक्ष रुपमा फिल्डमा खटिने र सशस्त्रले त्यसमा सहयोग गर्ने जिम्मेवारी निर्वाह गर्दै आएको बताए ।

प्रहरी उपरीक्षक जोशीले कञ्चनपुरलाई शान्त बनाउन सबै पक्षतिसत सहकार्य गरी अघि बढ्ने बताए । उनले प्रहरीले कानुन कार्यान्वयन गरी शान्ति सुरक्षा कायम राख्ने र कानुन कार्यान्वयनका क्रममा सबै पक्षको साथ सहयोग लिएर शान्त कञ्चनपुर बनाउनेमा जोड दिए ।

‘कञ्चनपुर शान्त छ, यसलाई शान्त बनाउन चाहन्छौ,त्यसका लागि सबै पक्षसित सहकार्य गरी अघि बढ्ने छौ’ उनले भने,‘कानुन कार्यान्वयन गर्ने कुरामा हाम्रो भूमिका हुन्छ, कार्यान्वयनको क्रममा सबै पक्षमा साथ सहयोग चाहिन्छ ।’

प्रहरी उपरीक्षक जोशीले सामाजिक सञ्जाल फेसबुकको सही प्रयोग गर्न सबैलाई आव्हान गरे । उनले लागु औषध नियन्त्रणका लागि कडा रुपमा प्रस्तुत हुने उल्लेख गरे । उनले दबाव, प्रभाव र लोभलालचमा नपरी काम कारवाही गरिने बताए ।

saark school
सम्बन्धित
Loading...