ghar sansar

संविधान चोकमा प्रदेश साँसद र व्यवसायीको पसल अगाडि यसरी बन्दै छन् सेफ्टी टयाङ्की, भीमदत्तको पुगेन नजर

महेन्द्रनगर । संविधान चोकका दुई पसल अगाडि सरकारी जमिनमा सेफ्टी टयाङ्की बनाउन थालिएको छ । एशियाली विकास बैंक (एडिबी) अनुदानको क्षेत्रीय सहरी विकास आयोजना अन्र्तगत फुट व्यवस्थापन अन्र्तगत ती दुई सेफ्टी टयाङ्कीलाई यथावत राखेर निर्माण अघि बढाइएको हो ।

आयोजना अन्र्तगत संविधान चोकमा फुटपाथ व्यवस्थापनको कार्य भई रहेको छ । संविधान चोकको सबै भागमा टायल लगाउने कार्य भई रहेको छ । सुदूरपश्चिम प्रदेश सभा सदस्य मधु भारती र व्यवसायी सञ्जिव चन्द्र भट्टको पसल अगाडिका संविधान चोक बनाइएका ती दुई सेफ्टी टयाङ्कीलाई भने यथावत राखिएको छ ।

फुटपाथ व्यवस्थापनका क्रममा चोकमा अन्य पूराना संरचना भने भत्काइएका छन् । ती दुई पसलका सेफ्टी टयाङ्की हटाउन नसकिएर निर्माण गरिएका छन् । ती दुबै सेफेटी टयाङ्कीको माथि टायल लगाएर छोप्ने गरी कार्य अघि बढाइएको छ ।

पसल बाहिर सार्वजनिक जमिनममा सेफ्टी टयाङ्की बनाउन थालिएपछि व्यवसायीले वडा कार्यालयमा गुनासो गरेका छन् । उनीहरुले वडा अध्यक्ष सुशिल कुमार भट्टलाई भेटेर गुनासो पोखेका छन् ।

वडा कार्यालय पुगेका उनीहरुले सेफ्टी टयाङ्की भरिएपछि टायल फुटाउनु पर्ने अवस्था आउन सक्ने भन्दै समयमा कदम चाल्न वडा अध्यक्षलाई आग्रह गरे ।

भीमदत्त नगरपालिकाले वेवास्ता गर्दा बजार क्षेत्रका अधिकाँश वासिन्दाले घर नजिक सार्वजनिक जमिनमा सेफ्टी टयाङ्की बनाएका छन् ।

संविधान चोकमा ती दुई पसल अगाडि वर्र्षाै अघि सेफ्टी टयाङ्की बनाइएका थिए । भीमदत्त नगरपालिकाले सार्वजनिक जमिनमा बनाइएका सेफ्टी टयाङ्की हटाउन सकेको छैन । अहिले ती सेफ्टी टयाङ्कीलाई यथावत राखिएको छ ।

Himal dental
सम्बन्धित
Loading...