सरकारी निकायलाई जग्गा दिने भीमदत्त नगर विकास समितिको निर्णय खारेज गर्न माग

Amity

महेन्द्रनगर । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले भीमदत्त नगर विकास समितिले केही दिन अघि गरेको जग्गा वितरणको निर्णय खारेज गर्न माग गरेको छ । शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै नगर विकास समितिको माघ २८ गतेको निर्णय निर्णय तत्काल खारेज गर्न माग गरेको हो ।

प्र्रेस विज्ञप्तिमा भनिएको छ ‘मुद्दाहरु विषेश अदालतमा विचाराधीन अवस्थामा छ । मुद्वाको छिनोफानो नहुदै हालको भीमदत्त नगर विकास समितिको गत माघ २८ गते बसेको बैठकले जिल्ला निर्वाचन कार्यालय र सेफ हाउसलाई जग्गा उपलब्ध गराउने र जिल्ला समन्वय समितिलाई जग्गाधनी पूर्जा दिने प्रक्रिया अघि बढाउने निर्णय गरेको समाचार विभिन्न अनलाईन मिडाया पत्र पत्रिकामा आएको खवर प्रति हाम्रो पार्टी को गम्भिर ध्यानाकर्षण भएको छ ।’

janjyoti campus

विज्ञप्तिमा यस्ता अवैध कार्य नगर्न सम्बन्धीत निकायलाई सचेत गराउँदै निर्णय तत्काल खारेज गर्न सम्बन्धीत निकायसंग जोडदार माग गरिएको छ ।

पार्टीले अघि सारेको माग प्रति सम्बन्धीत निकायले बेवास्ता गरे जस्तोसुकै संघर्षमा उत्रिने प्रेस वक्तव्यमा उल्लेख छ । भीमदत्त नगर विकास समितिले मुद्दा किनारा नलाग्दै जग्गा बिक्रीको निर्णय गरेको समाचार केही दिन अघि विकल्प दैनिकमा प्रकाशित भएको थियो ।

ghar sansar
सम्बन्धित
Loading...