बेलडाँडी गाउँपालिका उपाध्यक्षले फर्जी कागज बनाएर बैंकबाट ऋण लिएको भन्दै कारवाही गर्न एमालेको माग, उपाध्यक्षसित सचेत रहन सबैमा आग्रह

महेन्द्रनगर । नेकपा एमाले बेलडाँडी गाउँपालिकाले उपाध्यक्ष शान्ति नाथले फर्जी कागज बनाएर बैंकबाट ऋण लिएको बाहिर आएकाले सचेत रहन सबै आग्रह गरेको छ ।

एमाले गाउँ कमिटी अध्यक्ष लक्ष्मण भाटले शनिबार विज्ञप्ति जारी गरी उपाध्यक्ष नाथमाथि कारवाहीको माग गर्दै पदीय शक्ति दुरुपयोग गरी गाउँपालिकालाई हानी नोक्सानी पुगाउन सक्ने भएकाले सचेत रहन आग्रह गरेका छन् ।

उपाध्यक्ष नाथले घर नभएको नभएको जमिनमा घर भएको फर्जी कागज बनाएर लक्ष्मी सनराइजबाट बैंकबाट ऋण लिएका समाचार बाहिर आएका छन् । फर्जी कागज बनाएर ऋण लिएको बाहिर आएपछि उपाध्यक्ष नाथले बंैकमा कर्जा चुक्ता गरेकी छन् ।

एमाले गाउँ कमिटीले उपाध्यक्ष नाथले जनमतको अपमान हुने गरी फर्जी कागज बनाएर ऋण लिएको उनी नैतिकताको प्रश्न उठेको विज्ञप्तिमा उल्लेख गरेको छ । एमालेले गाउँपालिकाको मिलेमतोमा फर्जी कागज बनाएर ऋण लिएको भ्रष्टाचारजन्य कार्य भएकाले छानबिन गरी कारवाही गर्न माग गरेको हो ।

सम्बन्धित
Loading...